Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘अब देशमै छ रोजगारी’

‘अब देशमै छ रोजगारी’


काठमाडौं ।
रोजगारी डट कमले लकडाउनले गर्दा रोजगारी गुमाएकादेखि लिएर श्रम बजारमा भर्खरै प्रवेश गरेका फ्रेसरहरुलाई रोजगारी दिने भएको छ । यसका लागि मोबाइल एप्लिकेसन, वेब ब्राउजर, रोजगारी पसल, घुम्ती रोजगारी पसलमा भ्रमण गरेर उचित रोजगारी, तालिम वा स्वरोजगारी हासिल गर्न सकिने कम्पनीको भनाइ छ । विदेशबाट फर्किने नेपालमै र स्वदेशमै रहेका युवाहरुलाई रोजगारीका बाटोहरु खुलाउँदै समयमै बेरोजगारी समस्याको समाधान गर्नका लागि नेपालमा यूकेएडको सीपको सहकार्यमा रोजगारी डट कम लागिपरेको हो । विशेष गरी प्रदेश २ र प्रदेश ५ का रोजगारी खोजकर्ताहरुलाई लक्षित गर्दै विभिन्न रोजगारीका अवसरहरु सृजना गरिएको कम्पनीले जनाएको छ ।

नेपालमा करिब ३१ प्रतिशत बेरोजगारीको संख्या रहे पनि दक्ष जनशक्तिका लागि नेपालमै प्रशस्त सम्भावना र रोजगारीहरु रहेका छन् । रोजगारी डट कमका प्रबन्धनिर्देशक शैलेन्द्रराज गिरी भन्छन्, ‘नेपालमा काम उपलब्ध नभएको होइन प्रशस्तै कामहरु छन् । कामको खोजी गर्ने खोजीकर्ता पनि छन् तर उपलब्ध भएका काम अनुसार दक्ष जनशक्ति भने पाइदैनन् । हाम्रो प्ल्यार्टफर्ममा दैनिक हजार भन्दा बढि रोजगारी खोज्नेहरु आउँछन् तर सीपको अभाव हुँदा सबैले रोजगारी नपाउँन सक्छन् । हामी कामको माग अनुसार जनशक्तिलाई आवश्यक तालिम पनि दिँदै आइरहेका छौं ।’

शैलेन्द्रराज गिरीले भनेजस्तै नेपालमा रोजगारीका अवसरहरु नभएका होइनन्, नेपालीहरु सरकारी जागीर र उच्च तलब भएका प्राइबेट जागीरहरु ताक्ने गर्छन । उनीहरु कहिले आफ्नो सीप, क्षमता र सिकाईलाई वृद्धि गर्न चाहदैनन् । जसले गर्दा कामको माग र उनीहरुको क्षमतामा निकै अन्तर देखिन्छ ।

कृषि, निर्माण लगायतका क्षेत्रहरुमा कामदारहरुको माग बढिरहेको छ । विभिन्न संघसंस्थाहरु पनि देशमा रोजगारी सृजना गर्न अग्रसर छन् । यसलाई मध्येनजर गरिरोजगारी डट कमले अब स्वदेशमै रोजगारी, तालिम वा स्व—रोजगारीको अवसरहरु प्रदान गर्ने भएको छ । यसले आफ्नो प्लयाटफर्म मार्फत विदेशमा रहेका वा देशको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई रोजगारी खोज्न सहज बनाउने छ । मानिसहरुले रोजगारी डट कममा गएर आफ्नो पूरा विवरण भरेर आफुले इच्छाएको स्थानमा रोजगारी, तालिम वा स्व—रोजगारी पाउँन सक्नेछन् ।

रोजगारी डट कमका बिजनेस डाइरेक्टर सञ्जिव निरौला भन्छन्, ‘हामीसँग छ सयभन्दा बढी रोजगारदाता कम्पनीहरु जोडिनुभएको छ । अझै बढी साझेदारहरु हामीसँग आबद्ध हुने क्रममा हुनुहुन्छ । रोजगारी डट कममा देश तथा विदेशमा रहेका २० हजार बढी व्यक्तिहरुले रेजिष्टर गरिसकेका छन् जसमार्फत हामीले पछिल्ला ४ महिनामा ६ सय बढी रोजगारी खोजकर्ताहरुलाई सफलतापूर्वक प्लेसमेन्ट गरिसकेका छौं । हाम्रो यो अभियान प्रदेश २ र प्रदेश ५ मा केन्द्रित भए पनि हाम्रो सेवा देशभरका सम्पूर्णका लागि उपलब्ध छ । हामीसँग सिकर्मी, डकर्मीदेखि व्यवस्थापनसम्मका रोजगारीहरु छन् । यत्ति भनौं कि हामीसंग हरेक क्षेत्रका लागि रोजगारी छन् ।’

हरेक वर्ष पाँच लाखभन्दा बढी मानिसहरु श्रम बजारमा भित्रिन्छन् । उनीहरुमध्ये कति उच्च शिक्षाका लागि विदेशिने गर्छन्, कोही स्वदेशमै आफ्नो शिक्षालाई निरन्तरता दिन्छन् भने तीमध्ये बाँकी आफ्नो पढाइलाई पूर्णविराम लगाउँदै राजगारीका लागि खाडी मुलुकको यात्रा तय गर्दछन् । पछिल्ला केही वर्षयता विदेशिनेहरुको लहर ह्वात्तै बढेको पाइन्छ, अहिले पनि श्रम कार्यालय परिसरमा जाने हो भने युवा जमातको ठूलै भीड देख्न सकिन्छ । तर, कुनै खतराको घण्टीविना नै आएको कोरोना महामारीले विश्व स्वास्थ्यलाई मात्र चुनौती नदिएर अर्थतन्त्रमा राम्रै फड्को मारेका देशलाई पनि नराम्रोसँग प्रभावित पारेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया