Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुकुमबासी खड्काको सहारा बने तामाङ, पाइन् पक्की घर

सुकुमबासी खड्काको सहारा बने तामाङ, पाइन् पक्की घर


दोलखा ।
दोलखाको वैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुकी ७६ वर्षीया सुकुमबासी महिला नरमाया खड्काले भूकम्प गएको ५ वर्षपछि पक्की घरमा बस्न पाएकी छिन् । लामो समयदेखि टिनको टहरामा रात काट्दै आएकी खड्कालाई वैतेश्वर दुई निवासी युवा समाजसेवी झलक तामाङले उनलाई एक कोठाको पक्की भवन निर्माण गरिदिएर सोमबार नयाँ घरको साचो जिम्मा दिएका छन् ।

पुरानो घर र जग्गा नहुँदा भूकम्पमा नाम नआएपछि घरविहीन बनेकी एक्ली महिला लामो समयदेखि जस्ताको कटेरोमा रात बिताउँदै आएकी थिइन् । अघिल्लो वर्ष वैतेश्वर ६ का स्थानीय तिर्थ घिमिरेले महिलाको नाममा ५ आना जग्गा दान दिएर तामाङले दुई लाख लगानी गरेर भूकम्परहित पक्की घर निर्माण गरिदिएका हुन् । ७६ वर्षकी महिला खड्का ७४ वर्षीय श्रीमान्को ६ महिनाअघि टिनको कटेरोमा मृत्यु भएपछि उनी बेसहारा बनेकी थिइन् ।

समाजसेवी काम गर्दै हिँडेका तामाङले उनको नाजुक अवस्था देखेपछि उनको सहारा बनेर दुई लाखको घर निर्माण गरी सोमबार हस्तान्तरण गरेको युवा समाजसेवी झलक तामाङले जानकारी दिए । नवनिर्मित घर एक कोठाको १६ फिट लम्बाइ र १० फिट चौडाइको पक्की घर हो ।

घरको साँचो बुज्दा ७६ वर्षीया महिलाले खुशी हुँदै दशैँको मुखमा पक्की नयाँ घर पाएपछि दंग पर्दै तामाङलाई धन्यवाद दिएकी छन् । वैतेश्वर निवासी तामाङले यसअघि पनि सोही गाउँका एक दलित परिवारलाई घर निर्माण गरेर दिएका थिए । युवा समाजसेवी तामाङको टोलीले केही दिनअघि वैतेश्वर ३ पाइलेका दलित परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन् ।

मुख्य चाडपर्वको समयमा खाद्यान्नलगायत दैनिक उपभोग्य सामानको समस्यामा परेका पाइलेका अपाङ्ग, एकल महिला तथा निम्न वर्गका गरिब दलित परिवारलाई चामल, दाल, तेल जिरा मसलालगायतका सामग्री तामाङको सहयोगमा वितरण गरिएको छ ।

त्यसैगरी आर्थिक अवस्था कमजोर भएका तथा अपाङ्ग व्यक्ति राम खड्का तथा आयस्रोत निम्न भएका रामकुमारी कार्की, नरमाया अधिकारी र प्रेम कुमारी कार्कीलाई जनही एक बोरा चामल, एक लिटर तेल, जिरी मसला, चिउरा वितरण गरेर दशैँ मनाउन राहत दिएका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया