Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधधादिङ सदरमुकामका तीन पसलमा कारबाही

धादिङ सदरमुकामका तीन पसलमा कारबाही


धादिङ ।
चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय धादिङले बजार अनुगमनलाई तीव्र पारेको छ । दशैं पर्वलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल लगायतको टिमले सोमबारसम्म जिल्ला सदरमुकाम धादिङबेसीका एक सय १८ वटा पसलहरु अनुगमन गरेको छ । १० दिन लगाएर गरिएको उक्त अनुगमनमा एक सय १८ वटा खाद्यान्न पसल अनुगमन गरिएको थियो जसमध्ये तीनवटा पसलहरुलाई जरिवानासहितको कारबाही गरिएको घरेलु तथा साना उद्योग कार्यालय धादिङले जनाएको छ ।

जसमा एउटा पाँच हजार, १० हजार र ५० हजार जरिवाना समेत लगाइएको समेत घरेलु तथा साना उद्योग कार्यालय धादिङले जनाएको छ । अनुगमनमा मूल्यसूची नराख्न पसलहरुलाई तत्काल मूल्यसूची राख्न निर्देशन दिएको र म्याद गुज्रेका सामग्री बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्लले जानकारी दिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया