Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध१६ वटा सडक निर्माण तथा मर्मत गर्न आठ करोड बजेट

१६ वटा सडक निर्माण तथा मर्मत गर्न आठ करोड बजेट


सुबास बस्नेत
दोलखा ।
दोलखाका नौ स्थानीय तहमा रहेका विभिन्न ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिका लागि केन्द्र सरकारबाट आठ करोड रूपैयाँ विनियोजन भएको छ । डिभिजन सडक कार्यालय चरीकोटअन्तर्गत निर्माण हुने सडकका लागि उक्त रकम विनियोजन गरिएको हो । चालू आर्थिक वर्षमा डिभिजन सडक कार्यालयअन्तर्गत १६ वटा सडकको निर्माण तथा स्तरोन्नतिका लागि आठ करोड रकम आएको डिभिजन सडक कार्यालय चरीकोटका प्रमुख विजयकुमार महतोले जानकारी दिए ।

जिल्लाका १६ वटा सडकका लागि ५०÷५० लाख रूपैयाँ विनियोजन भएको डिभिजन प्रमुख महतोले बताए । यस वर्ष स्तरोन्नति गरिने सडकहरूमा चरीकोट–दोलखा–कालिञ्चोक, सुनखानी–साङ्बा, लिसे–झाँक्रे– लेखर्क– डाँडागाउँ– खोल्मे, मालु–डाँडागाउँ–छौंडे, नाम्दु–जँगु–झ्याँकु– भोर्ले र भिर्कोट–छौडे–देउराली रहेका छन् । यस्तै पुष्पलाल मार्ग– चनौटे– बाँझे– झुले–जिरी, किराँतिछाप– दूधपोखरी– २१ किलो, दोलखा– लामाबगर, खावा–रामबोले– जिरी, अनाथालय–तिखातल– दोलखा बजार र जिरी–सल्लेरी–नाम्चे– ढिंग्री सडक छन् ।

यसैगरी बजेट विनियोजन भएका अन्य सडकहरूमा तामाकोशी– लामाबगर–चीन बोर्डर, जामुने– कसेरी–खारे–छेसाखारे–मार्बु गौरीशंकर चक्रपथ, ठूलोपाताल–लहरेमाने–भित्रे–लहरेमाने–उपल्लो सुरी तथा खावा–लहरेमाने–चिप्चिपे–खोल्मे सडकको स्तरोन्नति तथा नयाँ ट्र्याक खोल्ने काम गरिने डिभिजन प्रमुख महतोले जानकारी दिए ।

चालू आर्थिक वर्षमा ठेक्कामार्फत काम हुने कुल १६ सडकमध्ये छवटा नयाँ हुन् भने बाँँकीमा पुरानै कामलाई निन्तरता दिइने कार्यालयले बताएको छ । बजेट विनियोजन भएका सडकका लागि विनियोजित रकमबाट कटिङ, फिलिङ, ग्याबिन भर्ने, कल्भर्ट निर्माण, सोलिङ, पर्खाल निर्माणलगायत काम गरिने डिभिजन सडक कार्यालय दोलखाले जानकारी दिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया