Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधचिया प्रवर्द्धनमा स्थानीय तह सक्रिय

चिया प्रवर्द्धनमा स्थानीय तह सक्रिय


इलाम ।
पछिल्लो समय चियाको प्रवर्द्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’ भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ ।

यी कार्यबाट लामो समय प्रचारप्रसार नपुगेर गुमनाम रहेको चिया क्षेत्र केही माथि उठ्ने चिया सरोकारवालाको भनाइ छ । एक वर्षअघि मात्रै सूर्योदय नगरपालिकाले चियाको शालिक बनाएको छ । बजारभित्रै निर्माण गरेको स्ट्याचुमा पहेलो रङको कित्ली (चियादानी)बाट पहेलो रङको कपमा चिया हालिराखेको छ । बजार क्षेत्रमा बनाइएको स्टायाचुले चियाको प्रचार गर्ने अनुमानले निर्माण गरिएको सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईको भनाइ छ ।

जिल्लाकै सबैभन्दा बढी चिया उत्पादन हुने सुनपामा श्रमिक, उद्योगी र किसानका लागि चिया नियमावली समेत निर्माण गरिएको छ । नगरले चिया सचिवालय समेत गठन गरेको छ  । यसले गर्दा पनि नगरपालिकामा आएको चियाका समस्या हल गर्न सहज भएको नगरप्रमुख राईको भनाइ छ । आउँदा दिनमा पनि चियाको प्रोत्साहनका लागि दृश्य सामग्री बनाउने काम बढाइने उनको भनाइ छ ।

यस्तै, इलाम नगरपालिकाले पनि चिया क्षेत्रको प्रोत्साहनका लागि इलाम बजार (चोक बजार)मा चियाकै सांकेतिक स्तम्भ निर्माण गरेको छ । तस्बिरमा एक महिला पछाडि डोको बोकेर चिया टिप्दै गरेको देखिन्छ । जहाँ महिलाले लगाएको लुगा र हाउभाउ हेर्दा ग्रामीण भेगमा चिया टिप्दै गरेको जस्तो देखिन्छ । नगरका सूचना अधिकारी रामकुमार शाहका अनुसार सो स्तम्भ तामा र पित्तलबाट निर्माण गरिएको हो ।

नगरले चियाको प्रवर्द्धनका लागि चियाको बिरुवा रोपण सुरु गर्ने गजराजसिंह थापाको (शालिक)प्रतिमा समेत निर्माण गर्दै छ । इलामकै सबैभन्दा पुरानो इलामको चियाबारीको बीच लभडाँडामा सोही प्रतिमा निर्माण गर्न थालिएको हो । विसं १९२० मा वडाहाकिम मिश्रले चीनबाट चिया ल्याएर रोपेको इतिहास छ । नगरले चियाको इतिहास सम्झाउनका लागि पनि मिश्रको प्रतिमा निर्माण गर्न थालेको सूचना अधिकारी शाहको भनाइ छ । शाहका अनुसार आउँदो मंसिर २५ मा सोही शालिकको उद्घाटन हुँदै छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया