Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधखुम्बुका लागि तीन सय २० क्विन्टल चामल ढुवानी

खुम्बुका लागि तीन सय २० क्विन्टल चामल ढुवानी


सोलुखुम्बु ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड सल्लेरी शाखाले चालू आर्थिक वर्षको हालसम्म तीन सय २० क्विन्टल चामल खुम्बु क्षेत्रका लागि पठाएको छ । चालू आर्थिक वर्षको लागि छुट्याएको एक हजार पाँच सय क्विन्टलमध्ये अहिलेसम्म तीन सय २० क्विन्टल चालम खुम्बुका लागि पठाइएको सल्लेरी शाखाका निमित प्रमुख सिद्धिनाथ मिश्रले जानकारी दिए ।

उनका अनुसार खुम्बु क्षेत्रमा चालू आर्थिक वर्षमा चामल ढुवानी गर्नका लागि पूर्ण सप्लायर्सले ठेक्का पाएको छ । एक हजार पाँच सय ढुवानी गरेको खण्डमा पछि पुनः कोटा थप गर्न सकिने जनाइएको छ । अघिल्लो आर्थिक वर्षका लागि छुट्याइएको एक हजार पाँच सय क्विन्टल सबै चामल ढुवानी भएको थियो । अघिल्लो वर्ष टेन्डर समयमा नै भएकाले सबै चामल ढुवानी गर्न सकेको कम्पनीको भनाइ छ ।

चालू आर्थिक वर्षमा लक्ष्यअनुसार नै चामल पठाउने गरी धमाधम ढुवानी कार्य भइरहेको कार्यालयले जनाएको छ । सल्लेरी क्षेत्रमा कम्पनीको चामल बिक्री न्यून मात्रामा हुने गरेको छ भने खुम्बु क्षेत्रमा चामलको माग धेरै हुनेगरेको छ । जिल्लाको सोताङ डिपोबाट पनि वर्षेनी पाँच सय क्विन्टल चामल बिक्री हुनेगरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया