तालखर्कलाई पर्यटकीय गन्तव्य बनाउने प्रयास

पाँचथर ।
फिदिम–फालोट सडक हुँदै फालेलुङ–६ को बरभञ्ज्याङ पुगेपछि बाक्लो बस्ती सकिन्छ । क्षित्तिज देखिने थुम्का–थुम्का पहाडतर्फ झण्डै एक घण्टा यात्रा गरेपछि पुगिन्छ, तालखर्क अर्थात् ‘गुरुङ गाउँ’ । जति उकाली चढ्यो त्यति रमाइलो हुने पहाडी विशेषतामा रम्दै पुगिन्छ गुरुङ गाउँ । गुरुङ गाउँ पुगेपछि भने रमाइलोमा अझ रमाइलो र मौलिक विशेषता थपिन्छन् ।
अग्ला थुम्का–थुम्का डाँडाको काखमा, वरिपरि जङ्गल र चौरको बीचमा रहेका करिब डेढ दर्जन घरको बस्ती हो तालखर्क । यहाँ गुरुङ समुदायको मात्रै बसोबास रहेको हुनाले यसलाई गुरुङ गाउँ पनि भनिएको हो । एकै समुदायको बसोबास भएकै कारण यहाँका बासिन्दाका आफ्नै मौलिकता र विशेषता छन् । आफैँमा पृथक पहिचान बोकेको तालखर्कलाई पछिल्लोपटक पर्यटकीय गन्तव्य बनाउने प्रयास सुरु भएको छ । पर्यटन प्रवर्द्धनका प्रशस्त सम्भावना देखिएपछि तालखर्कका बासिन्दालाई घरबास (होमस्टे) सञ्चालन तथा पाक कलासम्बन्धी तालिम दिइएको छ ।
पर्यटक रमाउने यहाँका रमणीय क्षेत्र तथा वस्तु पर्यटकलाई चिनाउन स्थानीयवासीलाई प्रकृति प्रदर्शक तालिम सञ्चालन गरिएको छ । जैविक विविधता तथा वातावरण संरक्षणका क्षेत्रमा सक्रिय यहाँको दीपज्योति युवा क्लबले यी तालिम सञ्चालन गरेको हो । तालिमका लागि रेडपाण्डा नेटवर्कको सहयोग र फालेलुङ गाउँपालिका–६ ले संयोजन रहेको थियो । तालखर्कलाई मुख्य प्राथमिकतामा राखेर सञ्चालित पाँच दिने तालिममा जिल्लाको फिदिम नगरपालिका, फालेलुङ र याङवरक गाउँपालिकाका स्थानीयवासीसमेत सहभागी थिए ।
तालखर्कमा पूर्ण अर्गानिक खाना खान पाइन्छ । ‘हामीले यिनै अर्गानिक खानाका परिकार स्वादिष्ट बनाई पर्यटकको भोक मेटाउन, पर्यटकको स्वागत तथा सत्कार गर्न स्थानीयवासीलाई सक्षम र जागरुक गराएका हौँ’, दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनिल बान्तवाले भने । लेकाली भेगमा मौसमअनुसार पाइने स्थानीय उत्पादन यहाँ पुग्ने पर्यटकले धित मरुञ्जेल खान पाउनेछन् । ‘यहाँका स्थानीयवासीका मौलिक रहनसहन, परम्परा र संस्कार छन् । यसले पर्यटकलाई झनै लोभ्याउने हाम्रो विश्वास हो’, बान्तवाले भने । तालखर्कको शिरमा यहाँका सबै जातिले समान आस्था र विश्वास राख्ने बूढीथाम धार्मिक पर्यटकीय क्षेत्र रहेको छ ।
ताजा अपडेट
- श्रीलंकामा चीनले ‘ऋण दिएर फसाउने कूटनीतिक चाल’ चालेकै हो त ?
- कुमारी बैंकको अगुवाइमा माथिल्लो राहुघाट जलविद्युत् आयोजनाको सहवित्तीयकरण सम्झौता
- महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता
- त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम
- सातै प्रदेशमा आधुनिक कृषि प्रविधि
- भुइँचालोपछि खोसिएको बारपाकको सांस्कृतिक सौन्दर्य
- आममाफीले आपराधिक घटना बढ्ने डर
- अन्तर्राष्ट्रिय मापदण्डअनुसार फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया