सुबास बस्नेत
दोलखा, पुस १७
दोलखामा किबी महोत्सवको आयोजना गरेर भ्रमण वर्ष २०२० को स्वागत गरिएको छ । नेपालमा नै पहिलो पटक आयोजना गरिएको किबी महोत्सव सदरमुकाम चरिकोटमा बुधबारदेखि सुरु भएको हो । किबी फलको पहिचान र प्रर्वद्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ । तीन नम्बर प्रदेशका कृषिमन्त्री दोर्जे लामाले महोत्सवको उद्घाटन गर्दै दोलखाको कृषि क्षेत्रमा किबी उत्पादनलाई चासो दिएर लगानी गरिरहेको बताए । दोलखामा उत्पादन हुने कृषि वस्तुको नेपालबाहिर पनि धेरै चर्चा हुनेगरेको उनको भनाइ थियो । किबी फल भण्डार गर्न प्रदेश सरकारले ठूलो लगानी गरेर कोलस्टोर निर्माण गरेको उनले बताए ।
जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले भ्रमण वर्षमा पर्यटकहरूलाई आकर्षण गराउन दोलखामा धेरै पर्यटकीय गन्तव्यहरू रहेको भन्दै सबै स्थानीय तहलाई सक्रिय भएर प्रचारप्रसार गर्न आग्रह गरे । कार्यक्रममा महोत्सव आयोजक भिमेश्वर नगरपालिकका मेयर भरत केसीले भ्रमण वर्ष २०२० लाई लक्षित गरेर धेरै पर्यटक भित्र्याउने उद्देश्यले किबी महोत्सवको आयोजना गरेको बताए । दोलखामा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूले दोलखामा उत्पादन हुने विभिन्न कृषिजन्य वस्तुको अवलोकन गर्न पाउने महोत्सव आयोजकले जनाएको छ ।
एक सातासम्म चल्ने किबी महोत्सवमा किबी फलको स्टल राखिनुका साथै किबीको उपयोगिता, उत्पादनको अवस्थाबारे दैनिक चर्चा गरिने नगरपालिकाले जनाएको छ । साथै महोत्सवमा अन्य घरेलु उत्पादनका सामानहरूको स्टल राखेर महोत्सवको अवलोकन गर्न आउने पर्यटकलाई स्थानीय परिकार तथा उत्पादनको स्वाद चखाउने बताइएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मिथिलामा वासन्ती छठ पर्व सुरु
- साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांस वितरण गर्ने
- साझेदार दलको दबावले अन्योलमा मन्त्रिपरिषद् विस्तार, पूर्णता कहिले?
- वर्षाको सम्भावना
- गण्डकी प्रदेश सरकारबाट माओवादीका मन्त्रीको राजीनामा
- नेपाल अमेरिका सैन्य वार्ता हुँदै
- टेलिफोन महसुल घटाउन भारत सकारात्मक: मन्त्री शर्मा
- तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने रास्वपाको निर्णय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- क्रसर उद्योग सञ्चालन सम्बन्धमा सरकार नै अन्योलमा देशभर निर्माण क्षेत्र ठप्प
तपाईको प्रतिक्रिया