Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधबेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन तालिम दिइने

बेरोजगार युवायुवतीलाई स्वरोजगार बनाउन तालिम दिइने


बझाड. ।
बझाङ जिल्लाका १ सय ६० बेरोजगार युवायुवतीलाई एक संस्थाले व्यावसायिक तालिम दिने भएको छ । जिल्लाका जयपृथ्वी र बुंगल नगरपालिकासहित दुर्गाथली, केदारस्युँ र चिरवित्थड गाउँपालिकाका २०÷२० जना बेरोजगार युवायुवतीलाई तालिम दिन लागिएको हो । न्यूनतम सुविधाविहीन बालबालिकाका लागि शैक्षिक कार्यक्रम युसेप नेपालले युवाहरुलाई स्वरोजगार बनाउन तालिम दिन लागेको परियोजनाका कर्मचारी राजेन्द्र विष्टले बताए ।

युरोपियन युनियनको आर्थिक सहयोगमा ब्रिटिश काउन्सिलको व्यवस्थापन र दक्षता परियोजनाको सहयोगमा तालिम हुनलागेको हो । पाँचवटै पालिकामा कतै बेमौसमी तरकारी खेतीसम्बन्धी कतै च्याउखेती र कतै पशुपालनसम्बन्धी उद्यमशील तालिम दिएर स्वरोजगार हुन सहयोग मिल्ने उद्देश्य राखेको छ । शुक्रबार युसेप संस्थाले जिल्लामा रोजगारदाता परामर्श बैठक राखेर सरोकारवालाबाट सुझाव सल्लाह साथै परियोजनाको जानकारी दिएको थियो । बझाङ र बर्दियामा लागू भएको यो परियोजना पहिलो चरणमा १५ महिनाको हुनेछ भने यो परियोजनाबाट तीनमहिने कृषिसम्बन्धी उद्यम विकास तालिम दिइने भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया