चियाको गुणस्तर बढाउन ‘सीप विकास परियोजना’

ईलाम ।
केन्द्रीय चिया सहकारी संघले चियाको गुणस्तर बढाउन ‘सीप विकास परियोजना’ सञ्चालन गर्ने भएको छ । संघले उद्योगी, किसान र श्रमिकलाई दक्ष बनाउन १२ जिल्लामा ‘गुणस्तरीय चिया उत्पादनका लागि सीप विकास परियोजना’ सुरु गर्ने भएको हो । सो परियोजना युरोपेली संघको लगानी र ब्रिटिस काउन्सिलको व्यवस्थापनमा सञ्चालन हुनेछ ।
उक्त परियोजना चिया उत्पादन हुने जिल्लाहरू इलाम, पाँचथर, झापा, ताप्लेजुङ, मोरङ, धनकुटा, तेह्रथुम, उदयपुर, भोजपुर, सङ्खुवासभा, रामेछाप, ललितपुरमा सञ्चालन हुनेछ । परियोजनाद्वारा सञ्चालित तालिम इलाममा पाँच, पाँचथरमा दुई, झापा, धनकुटा, तेह्रथुम, ललितपुर, संखुवासभामा एक/एक वटा स्थानमा रहनेछन् । तालिम १५ महिना अवधिको रहनेछ । सीप विकास तालिमबाट तीन सय दक्ष युवा जनशक्ति उत्पादन गरिनेछ ।
गुणस्तरीय चिया उत्पादनका लागि आवश्यक पर्ने टोलीनेता, वित्त अधिकृत, सञ्चार तथा तथ्यांक अधिकृत, तालिम तथा तथ्यांक अधिकृत, प्रशासन तथा परियोजना सहायक, मुख्य, सहायक प्रशिक्षक र स्थानीय व्यवस्थापन सहयोग सहायक (तह १) को सीप तालिममा सिकाइने छ । छनोटमा परेका सबैलाई परियोजनाको स्थानीय साझेदार रत्नकुमार वान्तवा पोलिटेक्निकल इन्स्टिच्युटले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मापदण्डको तालिम गराउने परियोजनाका डा. सुमित अधिकारीले बताए । डा. अधिकारीका अनुसार २० प्रतिशत सैद्धान्तिक र ८० प्रतिशत प्रयोगात्मक तालिम हुनेछ ।
परियोजनाअन्तर्गत एक पटकमा २० जनालाई तालिम गराइनेछ । विभिन्न ठाउँमा गरेर परियोजनाअन्तर्गत तीन करोड ११ लाख ५६ हजार चार सय ६३ रूपैयाँ खर्च गरिनेछ । कुल लागतमा दुई करोड १५ लाख ५० हजार तीन सय रूपैयाँ कार्यक्रममा खर्च गरिनेछ । यस्तै पाँच लाख १० हजार छ सय रूपैयाँ सञ्चालन खर्च गरिनेछ । १८ लाख ६५ हजार पाँच सय ६३ रूपैयाँ प्रत्यक्ष खर्च गरिनेछ । दुई करोड ८५ लाख १६ हजार चार सय ६३ रूपैयाँ दक्षताको कोष सहयोग, कार्यक्रम कार्यान्वयन गर्ने संस्था केन्द्रीय चिया सहकारी संघ लिमिटेडको २६ लाख ४० हजार रूपैयाँ योगदान रहने संघका अध्यक्ष गोविन्द दाहालले जानकारी दिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
- मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
- एयरटेल सहकारीका सञ्चालकलाई जेल र जरिवानाको सजाय
- हल्लाले सेयरबजार हल्लायो
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया