विद्युतीय यातायात बोर्डको कार्यालय स्थापना

हेटौंडा ।
वाग्मती प्रदेश सरकारले ऊर्जा किफायती विद्युतीय बस व्यवस्थित र प्रभावकारीरुपमा सञ्चालन गर्नका लागि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डको कार्यालय स्थापना गरेको छ । प्रदेश सरकारले स्थापना गरेको बोर्ड कार्यालयको हेटौँडामा सोमबार वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले उद्घाटन गर्दै प्रदेश सरकारले वि.सं. २०८५ वैशाखसम्म खनिज इन्धनजन्य यातायातका सवारीसाधन विस्थापन गरी प्रदूषणरहित तथा नवीकरणीय ऊर्जामा आधारित यातायात सेवा सञ्चालनमा ल्याउने योजना अघि बढाएको जानकारी दिए । उनले सबै स्थानीय तहसँग सहकार्य गरी आवश्यक स्थानमा पुनर्भरण केन्द्र (चार्जिङ स्टेसन), रिफ्रेस सेन्टर र व्यवस्थित बसपार्क स्थापना गरी विद्युतीय र नवीकरणीय ऊर्जाबाट सञ्चालन हुने बसको उचित व्यस्थापन गरिने पनि बताए ।
उनका अनुसार पहिलो चरणमा काठमाडौँको चक्रपथका साथै काठमाडौँ–मकवानपुर सडकखण्डलाई प्राथमिकतामा राखी विद्युतीय बस सेवा सञ्चालनको योजना अघि बढाइनेछ । सोही अवसरमा भौतिक विकास मन्त्रालयका सचिव एवं प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्ड सञ्चालन समितिका अध्यक्ष सञ्जीव बरालले यातायात क्षेत्रलाई अब प्रदेश सरकारमार्फत सञ्चालन गर्ने अवधारणानुरुप बोर्ड गठन गरिएको बताए । उनले हाल सञ्चालन भइरहेको यातायात प्रणालीलाई व्यवस्थापन गर्न नसकिएको अवस्थामा बोर्डले त्यसको सहज व्यवस्थापन गर्ने जानकारी दिए ।
बोर्डका नवनियुक्त निमित्त कार्यकारी निर्देशक डा सहदेवबहादुर भण्डारीले निश्चित समयभित्र खनिज इन्धनबाट चल्ने सवारीसाधनलाई विस्थापन गर्दै विद्युतीय सवारीलाई प्राथमिकता दिने प्रदेश सरकारको दीर्घकालीन लक्ष्य क्रमशः कार्यान्वयन गर्दै सफल बनाउन बोर्डले भूमिका खेल्ने बताए । बोर्डमा विभिन्न तहमा गरी १७ जना जनशक्ति परिचालन हुने बताइएको छ । प्रदेश सरकारले प्रदेशभरि विभिन्न सडक मार्गमा ३० भन्दा बढी विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएको छ ।
ताजा अपडेट
- नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
- देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया