थुलुङ दुधकोशीले चालू आर्थिक वर्षमा पाँचवटा वडा कार्यालयको भवन निर्माण गर्ने

सोलुखुम्बु ।
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाले पाँचवटा वडा कार्यलयका भवन चालू आर्थिक वर्षभित्रै निर्माण गर्ने भएको छ । नौवटा वडा रहेको गाउँपालिकामा चारवटा वडाको कार्यालय भवन पुरानै रहेकाले बाँकी पाँचवटा वडाको भवन चालू आर्थिक वर्षमा निर्माणसम्पन्न गर्ने कार्यपालिका बैठकले निर्णय गरेको हो । गत मंगलबारको कार्यपालिका बैठकले वडा कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको गाउँपालिका प्रवक्ता तथा वडा नम्बर ९ का अध्यक्ष भुपालसिं राईले जानकारी दिए । निर्माण हुन लागेको प्रत्येक वडा कार्यालय भवनको लागत करिब ९६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसको लागि ६० प्रतिशत जिल्ला समन्वय समितिले र ४० प्रतिशत गाउँपालिकाले बेहोर्ने गाउँपालिकाले जनाएको छ ।
कार्यपालिका बैठकले व्यावसायिक करसम्बन्धी कार्यविधि २०७७ निर्माण गर्ने, थुलुङ राईको मातृभाषा सातवटा विद्यालयमा अध्ययन अध्यापन गराउने, ओर्गेनछोलिङ गुम्बामा विद्यालय सञ्चालन गर्नेे, स्थानीय ऊर्जा विकाससम्बन्धी निर्देशिका २०७७ निर्माण गर्नेलगायतको निर्णय गरेको गाउँपालिका प्रवक्ता राईले बताए । साथै सो कार्यपालिका बैंठकले गाउँपालिकाको वडा नम्बर २ मा रहेको काँगेलडाँडा विमानस्थलमा हप्ताको हरेक मंगलबार उडान गर्नेगरी नेपाल वायु सेवा निगमसँग गरेको सर्तअनुसारको सम्भौता पनि अनुमोदन गरेको गाउँपालिका अध्यक्ष असिम राईले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मलेसियाको सामाजिक सुरक्षा योजनामा नेपाली नागरिक सहभागी हुन पाउने
- नदीमा माछा पाउन छाडेपछि गुजारा चलाउन मुस्किल !
- पेट्रोलियम अपचलन गर्ने एक हजार ट्यांकरमाथि कारबाही
- अनधिकृत व्यापार हटाउन पुरातत्व विभागसँग माग
- मुख्य नदीहरूमा पानीजहाज सञ्चालन गरी भारतसँग जलमार्गमार्फत व्यापार गर्ने
- नेतृत्वका कारण झन् तनावको खतरा
- रिद्धिसिद्धि सिमेन्टका महाप्रबन्धक पक्राउ
- यातायात र स्वास्थ्य क्षेत्रका कम्पनीमा धेरै विवाद
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया