Techie IT
×
गृहपृष्ठबिबिधगुल्मीमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते

गुल्मीमा ट्र्याक्टर दुर्घटना : एक जनाको मृत्यु, दुई जना घाइते


गुल्मी ।
गुल्मीमा ट्र्याक्टर दुर्घना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आइतबार जिल्लाको मुसीकोट नगरपालिका वडा नं ४ चिउरीडाडाँमा ट्र्याक्टर दुर्घटना हुँदा ३१ वर्षीया पार्वाता विकको मृत्यु भएको हो । मुसीकोट नगरपालिकाबाट बामी बजार आउँदै गरेको लु ३ त ११०० नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानाकारी दिएको छ । ट्र्याक्टर सडकदेखि सात सय मिटर तल खसेको छ । ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएका दुईमध्ये एक जनाको स्थानीय स्वनस्थ्य चौकीमा उपचार भइरहेको छ भने एक जनालाई जिल्ला अस्पताल तम्घासमा लगिएको मुसीकोट नगरपापलका वडा नम्बर ४ का वडा अध्यक्ष ओमप्रकाश केसीले जानकारी दिए । 


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया