Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकोरोनाबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु

कोरोनाबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु


काठमाडौं ।
कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार विगत दुई सातामा यूएईमा मात्र थप आठ जना नेपालीहरूको ज्यान गएको छ भने यो साता मलेसियामा एक र केन्यामा एक जना नेपालीको निधन भएको हो । गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार एक सय ५७ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार एक सय १० जना नेपालीमा कोरोना संक्रमणबाट मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत रहेको हो ।

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका संख्या तीन सय १२ जना जनाको कोरोना संक्रमणका कारणले निधन भएको स्वास्थ समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार यो साता मलेसिया, भारत, कतार, यूएई, नाइजेरिया, साउथ अफ्रिका, क्यानाडा, अष्ट्रिया, जापान र दक्षिण कोरियामा रहेका नेपालीहरूमा थप कोरोना संक्रमण देखिएको छ ।

यस्तै गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले क्रिसमसलगायत न्यू इयरका अवसरमा भिडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ । क्रिसमस र नयाँ वर्षका अवसरमा मानिसहरू ठूलो संख्यामा उपस्थित हुने र समारोहहरू गर्ने भएकोले त्यसबाट संक्रमणको उच्च जोखिम रहने भएकोले त्यसो नगर्न समितिले आग्रह गरेको हो । महामारीको जोखिम कम नभएको र विशेषतः युरोपेली मुलुकमा संक्रमण अस्वभाविक रूपमा फैलिरहेको भन्दै ती मुलुकमा रहेका नेपालीले अझै सावधानी अपनाउनुपर्ने समितिका संयोजक सापकोटाले बताए ।

यसैबीच समितिले विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिसकेको र त्यहाँस्थित केही नेपालीले पनि खोप लगाएको प्रति खुशी व्यक्त गरेको छ । यद्यपि खोपको सर्वव्यापी सहजता नभएको र अझै कयौँ देशमा खोप आउन बाँकी रहेकोले सावधानी आवश्यक रहेको समितिका संयोजक सञ्जिव सापकोटाले बताए । उनले अनिवार्य मास्क र स्यानिटाइजरको प्रयोग गर्न पनि सबैलाई आग्रह गरे । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया