Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमिस युनिभर्स नेपालमा उत्कृष्ट १८ को छनौटको घोषणा

मिस युनिभर्स नेपालमा उत्कृष्ट १८ को छनौटको घोषणा


काठमाडौँ ।
मिस युनिभर्स नेपालका लागि उत्कृष्ट १८ प्रतिस्पर्धीको छनौट गरेको छ । मिस युनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्युटिफुल प्रालिले ल्याएको यस वर्षको मिस युनिभर्स नेपालको मंगलबार मेरिएट होटलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनौट गरेको हो ।

उक्त कार्यक्रममा उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताए । साथै त्यसैको आधारमा त्यहाँ उपस्थित व्यक्तित्वहरुले त्यही बेलामा आफ्नो मनपर्ने प्रतियोगीका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरे । उक्त भोटिङको परिणामको आधारमा नीना कान्त मन्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् ।

यस मिस युनिभर्स नेपालका विजेताले १० लाख नगद उपहार प्राप्त गर्ने छन्, जुन नेपाली सौन्दर्य प्रतियोगिताहरुमध्येकै सर्वाधिक धन राशि हो । नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने बताइएको छ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौट निर्णायक र मतदानको आधारबाट गरिनेछ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया