
बलेवा ।
चीन र भारतलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर आयोजना बागलुङ खण्ड फराकिलो बनाउने काम अन्तिम चरण पुगेको छ । आयोजनाको बागलुङ खण्डअन्तर्गत बलेवा विमानस्थलदेखि जैमिनीको पालुङखोलासम्मको सडक १० मिटर चौडा बनाउने काम ८० प्रतिशत सकिएको हो ।
कोरोना महामारीका कारण भएको लकडाउनको समयमा समेत कामलाई निरन्तरता दिएको नेपाली सेनाले आगामी जेठ १५ गतेसम्म आयोजना हस्तान्तरण गर्ने गरी काम चलिरहेको जनाएको छ । आयोजना निर्माणको जिम्मा लिएको सेनाले पछिल्लो समय अधिकांश स्थानमा भीर, पहरा र चट्टान काटेर सडकलाई १० मिटर चौडा बनाइरहेको छ । बागलुङ खण्डअन्तर्गतको मालढुङ्गा–बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक भने सेनाले गत वर्ष नै सडक विभागको कालीगण्डकी करिडोर आयोजनालाई हस्तान्तरण गरेको थियो ।
बलेवा विमानस्थलदेखि केहीअघि बागलुङ नगरपालिकामा पर्ने खण्डमा पर्खाल लगाउने र माटो पन्छाउने काम मात्रै बाँकी छ । ‘जैमिनी नगरपालिकामा पर्ने सबै खण्डमा काम चलिरहेको छ । कुनै अवरोध नभए जेठमा हामीले जिम्मेवारी हस्तान्तरण गर्छौँ’, नेपाली सेनाको कालीगण्डकी करिडोर निर्माण कार्यदलका प्रमुख रेश्मीराज भट्टराईले भने, ‘चिसोमा काम गर्नेहरु कम पाइन्छन् तर हामीले रोक्नेछैनौँ ।’ बागलुङ खण्डअन्तर्गत २४ किलोमिटर १६० मिटर सडक फराकिलो बनाउने काम चलिरहेको छ ।
जैमिनी नगरपालिका–८ छिस्तीको बाघखोरमा बम विस्फोट गरेर चट्टान कटानको काम भइरहेको भट्टराईले बताए । ‘केही ठाउँमा ब्लास्टिङको काम पनि बाँकी छ, केही ठाउँमा वाल लगाउनुपर्नेछ’, उनले भने, ‘छिटफुट काम रहेकाले छिट्टै सकिन्छ भन्नेमा छौँ ।’ उक्त खण्डमा सबैभन्दा कठिन मानिएको जैमिनी नगरपालिका–५ को भीर र वडा नं. ६ को काभ्रेको भीरमा चट्टान फोड्ने काम सकिएको भट्टराईले बताए ।
करिडोर फराकिलो भएपछि सुनौलीबाट पाल्पा, गुल्मी, बागलुङ, म्याग्दी, मुस्ताङ हुँदै कोरला पुग्न सवारीसाधनलाई सहज हुनेछ । सेनाको निर्माण कार्यदलले बागलुङ र गुल्मीको समेत गरी ३८ किलोमिटर सडक फराकिलो बनाउनका लागि चालू आर्थिक वर्षमा १८ करोड २५ लाख रुपैयाँमा जिम्मेवारी पाएको थियो । भारतको सुनौली नाकाबाट चीनको स्वशासित क्षेत्र तिब्बतको कोरला नाका जोड्ने ३ सय ४५ किलोमिटर दूरीको यो करिडोर अहिलेसम्मकै छोटो मार्ग भएको आयोजनाले जनाएको छ । करिडोरको गुल्मी खण्डमा कालोपत्रको कामसमेत सुरु भएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- घटेका हवाइ यात्रु र नेपालको पर्यटन नीति
- एक्स्कर्टसको नयाँ डिगम्याक्स थ्रीई मेसिन नेपालमा
- सामसङले एस२० प्लसको मूल्य १० हजार घटायो
- रियलमी आठौँ सिरिजमा १०८ एमपी क्यामेरा
- डिजी पेलाई भुक्तानी सेवा प्रदायकको अनुमति
- सडकमा बिटुमिन इमल्सनको प्रयोग
- राष्ट्र बैंकद्वारा १० अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री
- सरकार र चन्द समूहबीच वार्ता हुँदै
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया