
दोलखा ।
दोलखाको वैतेश्वर गाउँपालिकाभित्रका आठवटै वडाका करिब तीन सय दलित बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको छ । वैतेश्वर गाउँपालिकाको पहुँच परियोजनाअन्तर्गत सेभ द चिल्ड्रेनको सहयोगमा छ महिनादेखि पाँच वर्षसम्मका सबै वडाका करिब तीन सय दलित बालबालिकालाई पौष्टिक आहारको लागि सर्वोत्तम पिठो वितरण गरिएको वैतेश्वर गाउँपालिकाले जनाएको छ । शुक्रबार, शनिबार र आइतबार गाउँपालिका अध्यक्ष छवि लामाको उपस्थितिमा प्रत्येक वडामा पुगेर एक बच्चालाई नौ किलोका दरले २७ सय किलो सर्वोत्तम पिठो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गरिब तथा दलित बालबालिकाले बाल्यकालमा चाहिने पौष्टिक तत्वको आवश्यकताअनुसार खान नपाउँदा रोगसँग लड्ने क्षमता कम हुँदा विभिन्न रोगले आक्रमण गर्ने तथा मृत्यु समेत हुने हुँदा गैरसरकारी संस्था सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा तीन दिन गाउँपालिकाभित्रका सबै वडाका दलित तथा गरिब बालबालिकालाई पौष्टिक आहार वितरण गरिएको हो ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- मल आपूर्ति तथा वितरकको जिम्मा साल्ट ट्रेडिङ्गलाई
- नौ वर्षपछि पक्राउ परे वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पौडेल
- सेयर बजार परिसुचक २५ सय १५ अंकमा
- पशुपतिनाथ मन्दिर परिसरमा बैंक अफ काठमाण्डूको डिजिटल दान पेटिका शुभारम्भ
- सेञ्चुरी बैंक र राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता
- कुमारी बैंक र काठमाडौँ इमेजिङबीच सम्झौता
- मुक्तिनाथ विकास बैंकको नारी विशेष अफर
- एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया