जागिर लगाइदिने भन्दै मान्छेलाई चीन लगेर बेच्ने एक व्यक्ति पक्राउ

काठमाडौं ।
५० वर्षीया महिलालाई चीनमा व्यापार तथा रोजगार गर्ने प्रलोभनमा पारी ललाइफकाइ गैरकानुनी रूपमा चीन पु-याएर बेच्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले ललितपुर पाटन बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ४ घर भएका ३२ वर्षीय किरण तामाङलाई सोमबार पक्राउ गरेको हो । तामाङले २०७६ पुस २५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आफूसँगै चीनको सान्दोङ प्रान्त हेज सहरको ताङ्लो टोल बस्ने ताम्पु थोङ भन्ने चिनियाँ नागरिकको घरमा लगेर ती महिलालाई बिक्री गरेका थिए ।
बिक्री गरेपश्चात् ताम्पुले ती महिलालाई शारीरिक र मानसिक यातना दिई बन्धक बनाई राखेको सामाजिक सञ्जानमार्फत जानकारी गराएपछि प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान व्यूरोलगायत विभिन्न निकायको समन्वयमा गत कात्तिक १२ गते उनी नेपाल फर्केकी थिइन् । नेपाल फर्किसकेपछि पीडितले दिएको जाहेरीको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले तामाङलाई काठमाडौँ महानगरपालिका ३ सानेपाबाट पक्राउ गरेको हो । तामाङउपर काठमाडौँ जिल्ला अदालतबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको व्यूरोले जनाएको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण
- ज्योति विकास बैंकद्वारा सामरी स्वास्थ्य चौकीलाई बेबी वार्मर सहयोग
- नेपाल बैंकद्वारा फोन–पेको क्यूआर स्टेन्ड वितरण
- सिटिजन्स बैंकका ग्राहकहरूलाई सुप्रिम क्याफे एन्ड लाउन्जमा विशेष छुट
- सिद्धार्थ बैंकको कर्मचारी सहभागिता कार्यक्रमको नतिजा सार्वजनिक
- टेम्पोमा मेगा बैंकको क्यूआर कोड सुविधा
- रिम्याक अटोमोबिलीका मेट, जसले विद्युतीय हाइपर कार बनाउँछु भन्दा मानिसहरु हाँस्थे
- सडक निर्माणमा मोदी सरकारले कीर्तिमान बनायो
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया