दोलखाका झण्डै चार हजार भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइने

दोलखा ।
दोलखाका झण्डै चार हजार भूकम्पपीडितको नाम लाभग्राही सूचीबाट हटाइने भएको छ । निजी आवास निर्माणका लागि सम्झौता गर्न नआएका यहाँका तीन हजार आठ सय ५८ जना भूकम्पपीडितलाई लाभग्राही सूचीबाट हटाउन लागिएको हो ।
यसअघि १०औँ पटकसम्म ताकेता गर्दा पनि सम्झौता गर्न नआएपछि उनीहरूको नाम लाभग्राही सूचीबाट हटाउन राष्ट्रिय पुनर्निमाण प्राधिकरण केन्द्रमा पठाइएको जिल्लास्तरीय आयोजना कार्यान्वयन एकाइ तथा स्थानीय पूर्वाधारको कार्यालय दोलखाका कम्प्युटर अप्रेटर टिका जोशीले जानकारी दिए ।
उनका अनुसार सबैभन्दा बढी भीमेश्वर नगरपालिकाका सात सय ९८ र सबैभन्दा कम गौरीशंकरका दुई सय ८२ जनाको नाम हटाउन केन्द्रमा पठाइएको छ । यसैगरी जिरी नगरपालिकाका चार सय ९४, शैलुङका चार सय ४६, तामाकोशीका तीन सय ४९, विगुका तीन सय एक, बैतेश्वरका तीन सय ५२, कालिञ्चोक गाउँपालिकाका दुई सय ९९ र मेलुङ गाउँपालिकाका पाँच सय ३७ जना भूकम्पपीडित लाभग्राहीको नाम हटाउन पठाइएको हो ।
सम्झौता गर्न नआउनेहरूमा दोहोरो नाम आएका, केही मुत्यु भइसकेका र केही घर निर्माण गर्न नचाहनेहरू रहेका छन् । दोलखामा पाँच वर्षको अवधिमा ६० हजारभन्दा बढी घर पुनर्निर्माण भएका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधारको कार्यालयका अनुसार हालसम्म ५९ हजार सात सय ४५ भूकम्प प्रभावितले तेस्रो किस्ता लिएका छन् । जिल्लाका कुल ७३ हजार चार सय ६८ भूकम्प लाभग्राहीमध्ये ६९ हजार पाँच सय १५ जनाले पहिलो किस्ता लिएका छन् भने ६४ हजार ९५ जनाले दोस्रो किस्ता लिएका छन् ।
कुल भूकम्प प्रभावितमध्ये ९८ दशमलव ९८ प्रतिशत लाभग्राहीले पहिलो किस्ता लिएकामा ८७ दशमलव ९९ प्रतिशत भूकम्प प्रभावितले अन्तिम किस्ता लिएका छन् । त्यसैगरी जिल्लामा हालसम्म निजी आवास पुनर्निर्माणअन्तर्गत १८ अर्ब ४४ करोड ९३ लाख ५० हजार रूपैयाँ खर्च भएको छ । निजी आवासतर्फ यस वर्ष मात्रै एक अर्ब ३९ करोड ७२ लाख खर्च भएको पुनर्निर्माण प्राधिकरणको कार्यालय दोलखाले जनाएको छ ।
ताजा अपडेट
- नेपालको उद्योग क्षेत्रमा चीन र अमेरिकाबाट धेरै लगानी
- देशभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल एसियामै पहिलो
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया