Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधकालिञ्चोक गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता

कालिञ्चोक गाउँपालिकामा प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिता


दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिकाले प्रथम अध्यक्ष कप अन्तरपालिकास्तरीय खुला भलिबल प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाले खेल क्षेत्रको विकास गरी समन्नुत समाज निर्माण गर्ने उद्देश्यले सुरु भएको प्रथम कालिञ्चोक अध्यक्ष कप खुला भलिबल प्रतियोगिताको प्रथम उपाधि आयोजक टिम कालिञ्चोक गाउँपालिकाले हात पारेको छ ।

त्यसैगरी प्रतियोगितामा बिगु गाउँपालिका तेस्रो स्थान हासिल गर्न सफल भएको छ भने आयोजक कालिञ्चोक ‘डी’ टिम चौथो भएको कालिञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए । उपाधि हासिल गर्ने खेलाडीहरूलाई गाउँपालिका अध्यक्ष विनकुमार थामी र जिल्ला समन्वय समितिका प्रमुख डबल पाण्डेले शनिबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै दोस्रो हुनेले ७० हजार रूपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र, तृतीयलाई ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र र चौथो हुने टिमलाई ३० हजार रूपैयाँ नगदसहित मेडल र प्रमाणपत्र वितरण गरेका छन् । गाउँपालिकाले पहिलो पटक ठूलो धनराशिको खेल आयोजना गरेको गाउँपालिका अध्यक्ष थामीले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया