Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुदूरपश्चिम विश्वविद्यालयमा एमफिल र पीएचडीको भर्ना सुरु

सुदूरपश्चिम विश्वविद्यालयमा एमफिल र पीएचडीको भर्ना सुरु


कञ्चनपुर ।
सुदूरपश्चिम विश्वविद्यालयमा उच्च शिक्षाको कार्यक्रम एमफिल र पीएचडीको अध्यापनका लागि विद्यार्थी भर्नाको कार्य सुरु गरिएको छ । विश्वविद्यालयले एक सूचना प्रकाशित गरी एमफिल र पीएचडीमा अध्ययन गर्न विद्यार्थीका लागि भर्ना आह्वान गरिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयले यस शैक्षिक सत्रदेखि नेपाली र अंग्रेजी विषयमा एमफिल र पीएचडी कार्यक्रममा अध्यापन कार्य सुरु गर्नलागेको विश्वविद्यालयका मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक डाक्टर मुकुन्द कलौनीले बताए । उनका अनुसार स्नातकोत्तर तहमा कम्तीमा दोस्रो श्रेणी अथवा ग्रेड प्रणालीमा ३ देखि ४ जीपीएससम्म योग्यता भएका व्यक्तिहरुले भर्नाका लागि आवेदन गर्न सक्नेछन् ।

शिक्षाशास्त्र संकाय र मानविकी संकायमा खोलिएको भर्ना कार्यक्रममा शिक्षा तथा मानविकी जुनसुकै संकायमार्फत स्नातकोत्तर गरेको भए पनि भर्ना लिनसक्ने डिन प्राध्यापक डाक्टर कलौनीले बताए । यस्तै विश्वविद्यालयले एमफिलमा बढीमा ३० जनासम्म र पीएचडीमा बढीमा १० जनासम्म भर्ना लिइने बताइएको छ ।

विश्वविद्यालयको डिनको कार्यालय र विभागको समन्वयमा केन्द्रीय क्याम्पसमा मात्र उक्त कोर्सहरु अध्यापन गराइने भएको छ । मास्टर अफ फिलोसफी(एमफिल) र डाक्टर अफ फिलोसफी (पीएचडी) कार्यक्रम सञ्चालनका लागि हाललाई त्रिभुवन विश्वविद्यालयबाट प्राध्यापकको व्यवस्था गरेर अनलाइनमार्फत कोर्स सञ्चालन गरिने बताइएको छ ।

कोभिडको अवस्था सहज भएपछि भौतिक रुपमै कोर्स सञ्चालन गरिने डिन प्राडा कलौनीले बताए । ‘अहिले कार्यक्रम सञ्चालनका लागि काठमाडौंबाटै प्रोफेसरहरुको व्यवस्था गरिएको छ, उहाँहरुको अनलाइनबाट काठमाडौँबाटै कोर्स सञ्चालन गर्ने व्यवस्था गरिएको छ, आवश्यकताअनुसार उहाँहरुलाई यता बोलाइनेछ’, मानविकी संकायका डिन प्रा.डा. कलौनीले भने ।

यस्तै स्थापनाकालदेखि लेखिँदै आएको विश्वविद्यालयको नाम अब परिवर्तन भएर सुदूरपश्चिम विश्वविद्यालय मात्रै रहनेछ । सुदूरपश्चिम विश्वविद्यालयले एमफिल र पीएचडी कार्यक्रमका लागि शुल्क पनि निर्धारण भइसकेको बताएको छ । उनले अहिले एकीन भन्न नसकिने बताए । तर शुल्क ज्यादै महंगो नरहेको र यस क्षेत्रका जनताको परिस्थिति र अवस्थाअनुसार नै तोकिएको बताए ।

पाठ्यक्रम, लागत, परिवेशअनुरुप विद्यार्थीलाई पनि मर्का नपार्ने गरी र विश्वविद्यालयलाई पनि भार नपर्ने गरी सेवामुखीको भावले शुल्क निर्धारण गरिएको बताए । विश्वविद्यालयले हाललाई छात्रवृत्तिको भने व्यवस्था नगरेको बताइएको छ । पछिल्लो समयमा परिस्थितिअनुरुप तय गरिने योजना रहेको बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया