
काठमाडौं ।
परोपकारी युवा सञ्जाल नेपालले विद्यार्थीहरुलाई न्यानो कपडा तथा शैक्षिक सामग्रीहरु वितरण गरेको छ । सञ्जालले धादिङ्ग जिल्ला अत्यन्तै विकट ठाउँ रोराङ्ग ८ यार्बाङ्गमा रहेको विपन्न चेपाङ बालबालिका अध्ययन गर्ने जलकन्या आधारभूत विद्यालयमा पुगी ४२ जना विद्यार्थीको लागि न्यानो कपडा, शैक्षिक सामग्री र स्कुल ब्याग सहयोग गरेको सन्जालका सदस्य रमेश सापकोटाले बताए ।
लामो समयदेखि अभावमा रहेका विपन्न समुदायलाई लक्षित सहयोग कार्यक्रम गर्दै आइरहेको सञ्जालले हरेक महिना यस्तो कार्यक्रम गरिरहेको छ । विशेषगरी विपन्न बालबालिकालाई शैक्षिक सामग्री अभावमा पढ्नबाट वञ्चित हुनु नपरोस् भन्दै यो कार्यक्रम जारी राखेको सञ्जालका सदस्य तिर्थ प्याकुरेलले बताए ।
आगामी शैक्षिक सत्रमा दुई हजार विद्यार्थीलाई यो सहयोग गर्ने योजना रहेको सञ्जालका सदस्य दिपेश पराजुली बताउँछन् । उक्त कार्यक्रममा युवा समाजसेवी हेटौंडाका व्यवसायी रामचन्द्र रुपाखेती, युवराज भण्डारी, वीरेन्द्र यादव, नारायण श्रेष्ठ, सन्जय चौधरीलगायतको उपस्थिति थियो ।
ताजा अपडेट
- सरकारको तीन वर्ष र विकासको गति
- सरकार खोइ ?
- शाइन रेसुंगा डेभलपमेन्ट बैंक १३औं वर्षमा प्रवेश
- नबिल बैंकद्वारा भैरहवा कान्छी बजारको तरकारी तथा फलफूल बजारमा क्यूआर भुक्तानी सेवा सुरु
- बैंक अफ काठमाण्डूको अगुवाइमा अप्पर खुदी जलविद्युत् आयोजनामा कर्जा
- कतार एयरवेज यूईएफए युरोको आधिकारिक एयरलाइन प्रायोजक
- चरीकोट–जिरी सडक निर्माण तोकिएको समयभित्र नै सक्ने लक्ष्य
- चार लेनको पुलले जोडेपछि महाकाली पारि बढ्न थाल्यो आर्थिक क्रियाकलाप
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया