Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘प्रधानसेनापति ट्रफि’ सुरु

‘प्रधानसेनापति ट्रफि’ सुरु


काठमाडौं ।
नेपाली सोनाको आयोजनामा ‘प्रधानसेनापति ट्रफी २०७७’ खेलकुद प्रतियोगिताका सुरु भएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डास्थित खेल मैदानमा उक्त खेलकुद प्रतियोगिताको बुधबार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

प्रतियोगिता माघ २ गतेसम्म सञ्चालन हुने नेपाली सेनाले जनाएको छ । उक्त प्रतियोगितामा नेपाली सेनाको पृतनाहरूको आठ, मद्दती बाहिनीहरूको पाँच, विशेष फौज बाहिनीको एक र फुटबल खेलमा विद्युत् तथा यान्त्रिक सेवा निर्देशनालयको एक गरी जम्मा १५ वटा टिमहरूको सहभागिता रहेको छ ।

प्रतियोगितामा समावेश भएका एथ्लेटिक्स, सुटिङ, भलिबल, बास्केटबल र फुटबल विधाका खेलहरू भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानको अलावा छाउनीस्थित जगदल गण तथा लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछन् । कार्यक्रममा पूर्वप्रधान सेनापतिहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका उच्चपदस्थ अधिकृतहरू, वहालवाला तथा अवकासप्राप्त रथीबृन्दहरू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव, नेपाली सेनाका अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशनालयका महानिर्देशक उपरथी निरन्जनकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सैनिक ब्यान्डबाट ब्यान्ड डिस्प्ले समेत प्रस्तुत गरिएको थियो । ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारामा आधारित रहेर नेपाली सेनाभित्रका खेल प्रतिभाहरूको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका क्षमतावान खेलाडीहरू तयार गर्ने उद्देश्यका साथ २०६५ सालबाट सुरु भएको ’प्रधानसेनापति ट्रफी’ नेपाली खेलकुद क्षेत्रको समग्र विकासको लागि कोसेढुङ्गा सावित भएको विश्वास नेपाली सेनाले लिएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया