Techie IT
×
गृहपृष्ठबिबिधनिःशुल्क स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर


काठमाडौं ।
नेपाली सेनाले रौतहटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । नागरिक सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सेनाले रौतहटको राजपुर न.पा. ९ बैरिया स्वास्थ्य चौकीमा १ दिने निःशुल्क जनरल तथा डेन्टल स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

कोभिड–१९ का कारण स्वास्थ्य सेवाबाट वञ्चित र दुर्गम स्थानमा रहेका बिरामीहरूलाई निःशुल्क औषधि वितरण तथा स्वास्थ्य सेवा उपलब्ध गराइएको उक्त स्वास्थ्य शिविरबाट महिला १ सय १०, पुरुष एक सय एक जना र बालबालिका ३२ जना गरी दुई सय ४३ जना (जनरल दुई सय २८ तथा डेन्टल १५) सर्वसाधारणहरू लाभान्वित भएका छन् ।

श्री नं. २८ बाहिनी अड्डा र श्री नं. २८ फिल्ड एम्बुलेन्स गुल्मको सहकार्यमा नेपाल औषधि उत्पादक संघ, सामाजिक विकास मन्त्रालय नं. २ प्रदेश, सैनिक अस्पताल पोखराको सहयोग एवं इन्द्रबक्स गणको संयोजकत्वमा सेनाले उक्त शिविर सोमबार सञ्चालन गरेको थियो । सेना र आम नागरिकबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन यस किसिमको स्वास्थ्य उपचार सेवाले महत्वपूर्ण भूमिका खेल्ने नेपाली सेनाले विश्वास लिएको छ ।



तपाईको प्रतिक्रिया