नेपालगञ्ज उद्योग वाणिज्य संघमा चुन्ना र ललितको भीडन्त
जीएम यादव
बाँके, पुस २०
नेपालगञ्ज उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा दुई प्यानलबीच भीडन्त हुने भएको छ । आगामी माघ ११ गते हुने निर्वाचनमा समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को नेतृत्वमा उम्मेदवारी घोषणा गरेको छ भने साझा प्रजातान्त्रिक व्यावसायिक प्यानलले अध्यक्षको उम्मेदवारका रुपमा ललित रौनियारलाई अगाडि सारेको छ । शुक्रबार होटल कलपत्रुमा आयोजित घोषणासभामा प्रजातान्त्रिक समूहले रौनियारको नेतृत्वमा उम्मेदवारी घोषणा गरेको हो ।
उक्त प्यानलले उद्योग तर्फको उपाध्यक्षमा तर्फ तपेन्द्र विक्रम शाह तथा वाणिज्यतर्फको उपाध्यक्षमा अमित बस्नेतलाई अगाडि सारेको छ । सदस्यमा क्रमशः अजय कुमार टण्डन, मख्खन धामी, तेजनारायण कँडेल, सुनिल सिंघल, विन्दु चर्ती मगर, टंक प्रसाद शर्मा, टेकबहादुर खड्का, बदरुद्धिन अन्सारी, विष्णु प्रसाद श्रेष्ठ, दिपेन्द्र राज श्रेष्ठ, सन्तोष कुमार बैश्य र सुरेन्द्र सिंह सरदार रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले संघको साझा प्रजातान्त्रिक उद्योगी व्यावसायिका उम्मेदवारलाई विजयीको शुभकामना दिँदै उद्योगी व्यावसायिको हितमा काम गर्ने नेतृत्व संघलाई आवश्यक रहेकोमा जोड दिए । नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्यले संघले व्यावसायिक मुद्दामा मात्र नभएर सामाजिक कार्यमा समेत भूमिका निर्वाह गरेकाले भावी नेतृत्वले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष सुनिलकुमार शर्माले उद्योग वाणिज्य संघको गरिमा जोगाउनका लागि रौनियार नेतृत्वको समूहलाई सहयोग गर्न सबै उद्योगी व्यवसायीलाई आग्रह गरे । घोषणासभामा प्रदेशसभाका सदस्य याकुव अन्सारीले व्यावसायिक हित र सुरक्षाका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई जिताउन सबै उद्योगी व्यवसायीलाई आग्रह गरे ।
राष्ट्रिय प्रजातान्त्रिक उद्योग व्यापार संगठन बाँकेका अध्यक्ष सल्लाउद्दिन जसगढले साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले समावेशी उम्मेदवार मैदानमा उतारेकाले सहयोग गर्न सबैलाई अपिल गरे । प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष पुरुषोत्तम शर्माको सभापतित्वमा भएको कार्यक्रमको स्वागतमन्तव्य साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहका प्रचारप्रसार संयोजक धु्रव दाहालले व्यक्त गरेका थिए भने उम्मेदवारहरुको परिचय प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका सल्लाहकार सञ्जय थापाले गराएका थिए । कार्यक्रममा नेपालगञ्जका हजार बढी उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
यसअघि गत बुधबार समावेशी प्यानलले उम्मेदवारी घोषणा गरेको थियो । उक्त प्यानलको उपाध्यक्ष (वाणिज्य) तर्फ ज्ञानेन्द्र श्रेष्ठ र उपाध्यक्ष (उद्योग)तर्फ आदेश अग्रवाल उम्मेदवार बनेका छन् भने सदस्यहरुमा क्रमशः टंक धामी, अब्दुल वाहिद अन्सारी, श्यामसुन्दर अधिकारी, चिरञ्जीवी ओली, हरिलाल न्यौपाने, राजेश वैश्य, धर्म अर्याल, विजय भण्डारी ‘बासु’, जहाँगिर मुसलमान, सुनिल बाँनिया ‘पप्पु’, मन्दिरा पाण्डे र भीम रानाभाट रहेका छन । त्यस्तै वस्तुगततर्फ होटल व्यवसायी संघ बाँके नेपालगञ्जका अध्यक्ष भिमलाल कँडेल र टेन्ट व्यवसायी संघ बाँकेका अध्यक्ष सिद्धान्तजङ्ग राणा ‘सिद्धु’ले उम्मेदवारी दिएका छन् ।
समावेशी प्यानललाई नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य एवं समावेशी प्यानलका संरक्षक दामोदर आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, नेपालञ्ज उद्योग वाणिज्य संघका पूर्वमहासचिव अशोक कर्माचार्य, समावेशी प्यानलका संयोजक ईश्वर पोखे्रल, अग्रज व्यवसायी कृष्णगोपाल वैश्य, भाष्कर काफ्लेले साथ दिँदै आएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया