Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधइन्टिग्रिटी आइकन २०२० सार्वजनिक

इन्टिग्रिटी आइकन २०२० सार्वजनिक


काठमाडौं ।
अकाउन्टेबिलिटी ल्याब नेपालले भर्चुअल माध्यमबाट इन्टिग्रिटी आइकन २०२० लाई सार्वजनिक गरेको छ । इन्टिग्रिटी आईकन सार्वजनिक सेवामा रहेर निष्ठापूर्वक जिम्मेवारीवहन गरी उदाहरण प्रस्तुत गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने र निष्ठापूर्ण समुदाय निर्माण गर्न थलिएको खुला अभियान हो । सात वर्षअगाडि नेपालबाट सुरु भएको अभियान हाल विश्वका १२ मुलुकमा पुगिसकेको छ । कोभिड–१९ को महामारीले व्यक्तिगत तथा संस्थागत निष्ठाको महत्वलाई अझै उजागर गरिदिएको छ । महामारीले निम्त्याएको चुनौतीका बाबजुद पनि, हरेक वर्ष जस्तै यस वर्ष पनि इन्टिग्रिटी आईकन सार्वजनिक गरिएको हो ।

यस वर्षका इन्टेग्रीटी आईकनहरूलाई देशभरीबाट प्राप्त भएका १ हजार ५ सय दुई जनाको मनोनयन बाट निर्णयक समितिले छनौट गरेका थिए । निर्णायक समितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सुर्यनाथ उपाध्याय, अधिकार सम्पन्न संघीय प्रशासनिक पुनः संरचना सहजिकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, पूर्र्व सचिव जीवन प्रभालामा, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका पूर्व कार्यकारी निर्देशक पुण्य प्रसाद न्यौपाने र आइआइडिएस सेन्टर फर गभर्नेन्सका निर्देशक सुचिता प्याकुरेल रहेका थिए ।

इन्टेग्रीटी आइकन २०२० का लागि ५ जना छनौट भएका छन् । छनौटमा परेकाहरुमा आरती थारु, दिपक ज्ञावली, हेम बहादुर आलेमगर, मञ्जू महत र डा नविनबन्धु पहाडी रहेका छन् । छनौटमा परेकामध्ये थारु नेपालगञ्ज स्वास्थ्य चौकीकी जनस्वास्थ्य निरीक्षक हुन् । उनले प्युठानमा कार्यरत रहँदा सुत्केरी सेवा सबैको पहुँचमा पु¥याउन बर्थिङ सेन्टर सबैको पायक पर्ने ठाउँमा राख्न अग्रणी भुमिका निर्वाह गरेकी थिईन् । त्यस्तै ज्ञवाली उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्रालय, लुम्विनी प्रदेशका महाशाखा प्रमुख हुन् ।

उनले बनलाई आयस्रोतको माध्यम बनाउन सकिन्छ, अतिक्रमित बन राज्यको नाममा फिर्ता गर्न जोखिमको सामना गर्न सक्नु पर्दछ र समुदाय र विशेष गरेर महिला समुह परिचालन गरेर तस्करीलाई निरुत्साहन गर्न सकिन्छ भनेर उदाहरण प्रस्तुत गरेका छन् । यसैगरि हेम बहादुर आले मगर कृषि ज्ञान केन्द्र, ओखलढुंगाका बाली संरक्षण अधिकृत हुन् । उनले कृषकलाई दिगो व्यवसायिक खेती गर्ने तालिम दिन फार्म स्कुल सञ्चालनमा ल्याएर कृषकलाई खेती गर्ने तरिका र प्रविधिको उचित प्रयोग गर्न सिकाएका छन् । वास्तविक कृषकको पहिचान गरेर प्रभावकारी स्रोत परिचालन गर्नमा पनि उनले उल्लेख्य काम गरेका छन् ।

यसैगरि इन्टेग्रीटी आइकन २०२० मा छनौट गरेकी महत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा, मंगलसेन नगरपालिका, अछामकी अधिकृत हुन् । उनले अछाममा घरेलु हिँसा र छाउपडी प्रथाकम गर्न र बालबालिकाको नेतृत्व विकास गर्नमा ठुलो योगदान गरेकि छिन् ।

त्यस्तै डा. नविनबन्धु पहाडी नीलकण्ठ उच्च माध्यामीक विद्यालय, धादिङका शिक्षक हुन् । पहाडीले धादिङमा दलित र सिमान्तकृत समुदायका बालबालिकाको पढ्न पाउने अधिकारको सुनिश्चितता गर्न राष्ट्रिय तथा अन्तरराष्ट्रि व्यक्ति तथा संस्थासँगको सहकार्यमा विद्यालय स्थापना गर्न नेतृत्वदायी भुमिका निर्वाह गरेका छन् । त्यसै गरेर आमाबाबु गुमाएका बालबालिका अभावका कारण पढाईबाट बञ्चित नहोउन भन्नका लागि बालअनाथाश्रम पनि सञ्चालन गरेका छन् । छनौटमा परेका सबैलाई आगामी माघ ९ गते भर्चुअल माध्यमबाट सम्मान गरिने आयोजकले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया