Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसात सय १९ लाभग्राहीले सम्झौता गरेनन्

सात सय १९ लाभग्राहीले सम्झौता गरेनन्


दमौली ।
वि.सं. २०७२ को भूकम्पबाट घर भत्किएर पुनर्निर्माणको सूचीमा समावेश भएका सात सय १९ लाभग्राहीले घर निर्माणका लागि सम्झौता गरेका छैनन् । कुल १४ हजार तीन सय ९५ लाभग्राही रहेकामा हालसम्म १३ हजार छ सय ७६ लाभग्राहीले मात्रै निजी आवास पुनर्निर्माणका लागि सम्झौता गरेका हुन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ तनहुँका प्रमुख जयप्रकाश गुप्ताले अनुदान सम्झौताका लागि पटकपटक आह्वान गरे पनि सात सय १९ जनाले सम्झौता नगरेको जानकारी दिए । अनुदान सम्झौताका लागि गत मङ्सिर मसान्तसम्म म्याद रहेको थियो । आवास पुनर्निर्माणका लागि सम्झौता नगरेसँगै त्यस्ता लाभग्राही अनुदान प्राप्त गर्नबाट वञ्चित भएका छन् ।

व्यास नगरपालिकामा दुई हजार ९३ लाभग्राही कायम भएकामा दुई हजार दुई, भानु नगरपालिकामा चार हजार पाँच सय ५१ लाभग्राही कायम भएकामा चार हजार तीन सय ८८, बन्दीपुर गाउँपालिकामा एक हजार २४ लाभग्राही कायम भएकामा नौ सय ४४, आँबुखैरेनी गाउँपालिकामा सात सय ५२ लाभग्राही कायम भएकामा सात सय ३३ र देवघाट गाउँपालिकामा छ सय १९ लाभग्राही कायम भएकामा पाँच सय ९३ रहेका छन् ।

यसैगरी घिरिङ गाउँपालिकामा तीन सय १७ लाभग्राही कायम भएकामा दुई सय ९३, भीमाद नगरपालिकामा एक हजार एक सय ४५ एक हजार ४२, म्याग्दे गाउँपालिकामा एक हजार तीन सय ९२ लाभग्राही कायम भएकामा एक हजार तीन सय ११, शुक्लागण्डकी नगरपालिकामा एक हजार नौ सय ५७ लाभग्राही कायम भएकामा एक हजार आठ सय ५३ र ऋषिङ गाउँपालिकामा पाँँच सय ४५ लाभग्राही कायम भएकामा पाँच सय १७ ले मात्रै सम्झौता गरेका छन् ।

६८ प्रतिशत पुनर्निर्माण सम्पन्न : तनहुँ जिल्लामा पाँच वर्षको अवधिमा ६८.५७ प्रतिशत आवास पुनर्निर्माण सम्पन्न भएको छ । हालसम्म नौ हजार तीन सय ७३ घर पुनर्निर्माण भएको छ । पहिलो किस्ता लिने लाभग्राही १३ हजार छ सय ६८ र दोस्रो किस्ता लिने लाभग्राहीको सङ्ख्या १० हजार छ सय ५४ रहेको छ । माघ मसान्तभित्र डिपिसी गरेर वडा कार्यालयको सिफारिसपश्चात् दोस्रो किस्ता र आगामी वैशाख मसान्तभित्र घर सम्पन्न गरेर वडा कार्यालयको सिफारिसपछि तेस्रो किस्ताको रकम वितरणको तयारी गरिएको गुप्ताले जानकारी दिए ।

कार्यालयका अनुसार व्यास नगरपालिकामा एक हजार तीन सय ५३, भानु नगरपालिकामा दुई हजार नौ सय ९३, बन्दीपुर गाउँपालिकामा छ सय ८४, आँबुखैरेनी गाउँपालिकामा पाँच सय ९७, देवघाट गाउँपालिकामा चार सय १८, घिरिङ गाउँपालिकामा एक सय ९७, भीमाद नगरपालिकामा छ सय ७३, म्याग्दे गाउँपालिकामा नौ सय १७, शुक्लागण्डकी नगरपालिकामा एक हजार दुई सय दुई र ऋषिङ गाउँपालिकामा तीन सय ३९ निजी आवास पुनर्निर्माण सकिएको छ ।

यसैगरी व्यास नगरपालिकामा दुई हजारले पहिलो र एक हजार चार सय ८५ ले दोस्रो, भानु नगरपालिकामा चार हजार तीन सय ८८ ले पहिलो र तीन हजार तीन सय ५१ ले दोस्रो, बन्दीपुर गाउँपालिकामा नौ सय ४३ ले पहिलो र आठ सय १७ ले दोस्रो, आँबुखैरेनी गाउँपालिकामा सात सय ३३ ले पहिलो र छ सय ३८ ले दोस्रो, देवघाट गाउँपालिकामा पाँच सय ९३ ले पहिलो र चार सय ७८ ले दोस्रो, घिरिङ गाउँपालिकामा दुई सय ९३ ले पहिलो र दुई सय २० ले दोस्रो, भीमाद नगरपािलकामा एक हजार ४२ ले पहिलो र आठ सय २५ ले दोस्रो दोस्रो किस्ता बापतको रकम बुझेका छन् ।

त्यस्तै म्याग्दे गाउँपालिकामा एक हजार तीन सय ११ ले पहिलो र एक हजार दुईले दोस्रो, शुक्लागण्डकी नगरपालिकामा एक हजार आठ सय ५२ ले पहिलो र एक हजार चार सय ३२ ले दोस्रो र ऋषिङ गाउँपालिकाका पाँच सय १७ ले पहिलो र चार सय छ लाभग्राहीले दोस्रो किस्ताको रकम बुझेका छन् । प्रबलीकरणतर्फ एक हजार पाँच सय ६८ लाभग्राही रहेकामा एक हजार दुई सय ४१ ले सम्झौता गरेका छन् भने एक हजार दुई सय ३४ ले पहिलो र आठ लाभग्राहीले दोस्रो किस्ताबापतको रकम बुझेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया