
काठमाडौं ।
रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तक्र्रिया गर्ने लक्ष्यसहित बिहीबारबाट सुरु भएको रोजगार मेला ‘नेपाल जब फेयर २०२१’ सकिएको छ । एस्पायर जब्सको आयोजनामा पहिलोपटक भएको ‘जब फेयर’मा सयभन्दा बढी रोजगारदाता प्रत्यक्ष सहभागी थिए ।
झण्डै १ लाख ५० हजार जनाभन्दा बढी प्रत्यक्ष तथा भर्चुअल माध्यममार्फत ‘जब फेयर’मा जोडिएका थिए । मेला समापन भए पनि रोजगारी चाहनेहरुले भर्चुअल माध्यमबाट रोजगारदातासँग जोडिने क्रम भने आगामी केही दिनसम्म चल्नेछ । बिहीबारबाट सुरु भई तीन दिनसम्म सञ्चालन भएको मेलाको दोस्रो दिन शुक्रबार र अन्तिम दिन शनिबार गरी १ सय ५० हाराहारीमा अन्तर्वार्ता सेसन सञ्चालन भएको थियो ।
उक्त दुई दिनको अन्तर्वार्ता सेसनमा ७ सय २४ जना सहभागी भएका थिए भने त्यसमध्ये ५ सय ११ जनाले जब फेयरकै समयावधिमा जागिर पाउन सफल भएका छन् । यसको अलवा जब फेयर २०२१ मार्फत रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तर्क्रिया भई व्यावसायिक र पारदर्शी मानव संसाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्यलाई सार्थकतामा पु-याइएको आयोजक एस्पायर जब्स्ले जनाएको छ । यस्तै, फेयरले प्रविधिका माध्यमबाट युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संसाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने कुरामा भूमिका निर्वाह गरेको बताइएको छ ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरेको मेलामा अर्थ–राजनीति विश्लेषक हरि रोका र रोजगार विज्ञ प्रा. डा. रमेशप्रसाद कोइरालाले मुख्य वक्ताका रुपमा धारणा राखेका थिए । यस्तै, पूर्वाधारविज्ञ डा. सूर्यराज आचार्य, नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङ, त्रिभुवन विश्वविद्यालयका प्रा.डा कुसुम शाक्यलगायतले नेपालमा रोजगारीका सम्भावना र जनशक्ति विकासबारे प्रकाश पारेका थिए ।
एस्पायर जब्सका अध्यक्ष प्रकाश गैरेले नेपालमा रोजगारीका प्रशस्त सम्भावना रहे पनि बेरोजगारी बढ्नुमा असन्तुलित श्रम बजार नै प्रमुख कारण रहेको बताए । जब फेयरले रोजगारदाता र रोजगारी चाहनेलाई एउटै थलोमा ल्याएर कुन क्षेत्रमा कस्ता प्रकारका जनशक्ति आवश्यक छ भन्ने कुरालाई उजागर गरेको उनको भनाइ छ । यसले आगामी दिनमा सरकारलाई पनि त्यसअनुरुप नीति नियम तर्जुमा गर्न सहयोग पुग्ने उनले बताए ।
यस्तै एस्पायर जब्सका उपाध्यक्ष प्रमोश अधिकारीले भने, ‘नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्नु नै जब फेयरको उद्देश्य हो ।’ जब फेयरमार्फत बेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्नसक्ने र रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्न सक्ने गरी वातावरण बनाएको उनले बताए । उनका अनुसार जब फेयरले मानव संसाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यास सिर्जनालाई स्थापित गरेको छ ।
ताजा अपडेट
- अमेरिकामा न्यूनतम ज्याला १५ डलर पु-याउने प्रस्तावमा सहमति जुटेन
- भारतले यो वर्ष अहिलेसम्मकै धेरै परिमाणमा गहुँ र चामल उत्पादन गर्ने
- बंगलादेशलाई अतिकम विकसित देशबाट माथि लैजान राष्ट्रसंघीय समितिको सिफारिस
- भारतको ओमेगा सेइकीले बंगलादेशमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने
- ट्रेडमार्क संरक्षण गर्ने म्याड्रिड सिस्टममा जोडियो पाकिस्तान
- खानेपानी व्यवस्थापन तथा संरक्षणको महत्व
- सीप हातमा रोजगारी साथमा
- बजार परिसुचक २४ सय ७४ अंकमा
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया