
काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट चोरी भएको २ सय २० सीसीको पल्सर मोटरसाइकलसहित दुई जनालाई पक्राउ गरेको छ । पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आइतबार सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका वडा नं. ९ घर भई साँखु बस्ने वर्ष २५ को रुद्रबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक तौथली घर भई साँखु बस्ने वर्ष २६ को विक्रम भन्ने भुवनराज श्रेष्ठलाई आइतबार पक्राउ गरेको हो । प्रहरीका अनुसार श्रेष्ठलाई काठमाडौँको गौशाला क्षेत्रबाट वास्तविक नम्बरप्लेट परिवर्तन गरी बा ९९ प ४११४ नम्बरको रातो कालो रङ्गको पल्सर मोटरसाइकल चलाइरहेको अवस्थामा मोटरसाइकलसहित पक्राउ गरेको हो ।
ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार उक्त मोटरसाइकल श्रेष्ठलाई विक्रम भन्ने भुवनराज श्रेष्ठले दिएका थिए । भक्तपुर नगरपालिका वडा नं ४ बस्ने सुमन सुवालको वास्तविक नम्बर बा ९४ प ९३३८ भएको रातो कालो रङ्गको २२० सीसीको पल्सर मोटरसाइकल भक्तपुर सूर्यविनायकबाट हराएको भनी यस महाशाखामा निवेदन दिएका थिए ।
हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरी हराएको मोटरसाइकल र चोरीमा संलग्न दुई जनालाई पक्राउ गरी आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी वृत्त, जगाती पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । यस आव ०७७/७८ मा चोरीको मोटरसाइकलसहित संलग्न ३२ जनालाई पक्राउ गरी मुद्दा चलाउन विभिन्न प्रहरी इकाइमा पठाएको छ भने चोरी भई खोजतलास गरी एक सय ४७ वटा मोटरसाइकल सम्बन्धित सवारीधनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ ।
ताजा अपडेट
- खुम्चियो सेयर बजार
- मस्क फेरि पछि परे
- बोइङ ७७७ का केही इन्जिन अनुगमन गर्न एफएएको आदेश
- मार्च १ देखि भारतमा दोस्रो चरणको खोप अभियान
- हुवावेद्वारा फोल्ड गर्न मिल्ने तेस्रो मोबाइल फोन सार्वजनिक
- हरेक चारदेखि पाँच हप्तामा एप्पलले खरिद गर्छ कम्पनी
- पेट्रोलियम पदार्थको राजनीतीकरण एवं सुरक्षा
- समृद्धिका लागि युवाशक्तिको सही परिचालन
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- एकाएक ’हराए‘ चिनियाँ अर्बपति ज्याक मा !
- सरकारप्रति गम्भीर अविश्वास
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- तामाकोशी नदीमा माछा मारेर गुजारा चलाउने माझीलाई पाचँ करोड राजस्व छलीको मुद्दा
- इन्टिग्रिटी आइकन नेपाल अवार्डबाट पाँच जना कर्मचारी सम्मानित
तपाईको प्रतिक्रिया