रोलवालिङ क्षेत्रमा दुर्लभ हिउँचितुवा फेला
सुबास बस्नेत
दोलखा, पुस २१
दोलखाको उतरी क्षेत्रमा रहेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने रोलवालिङ उपत्यकामा दुर्लभ हिउँचितुवा भएको पुष्टि भएको छ । आयोजनाले रोलवालिङ उपत्यकामा ०७६ असारदेखि क्यामेरा ट्रयापिङमार्फत गरेको अनुसन्धानबाट रोलवालिङ उपत्यकामा हिउँचितुवा भएको पुष्टि भएको हो । गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले आइतबार सदरमुकाम चरिकोटमा पत्रकार सम्मेलन गरी सोको जानकारी दिएको छ ।
असार १५ गते, भदौ २२ गते तथा भदौ २६ गते तीन पटक वयस्क हिउँचितुवाको फोटो रोलवालिङ उपत्यकाको च्छोरोल्पा हिमताल आसपासको क्षेत्रमा जडान गरिएको स्वचालित क्यामेराले खिचेको गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख सत्य नारायण शाहले बताए । आइतवार नैं गौरीशंकर संरक्षण क्षेत्र सम्पर्क कार्यालयले गौरीशंकर संरक्षण क्षेत्र आयोजना क्षेत्रभित्र रहेका वन्यजन्तुपीडितहरूलाई क्षतिपूर्ति प्रदान गरेको छ ।
पशु चौपायाहरूको क्षति भएका नौ जना पीडितहरूलाई सम्पर्क कार्यालयले २३ हजारदेखि पचास हजारसम्म क्षतिपूर्ति वितरण गरेको छ । पशुधनको क्षतिपूर्ति पाउनेहरूमा गौरीशंकर गाउँपालिका मेममाया तामाङ, आइतिमाया तामाङ, नेत्रबहादुर खड्का, दिनेश खड्का, अर्जुनबहादुर बुढाथोकी, साङ्वीर तामाङ, टलकबहादुर तामाङ, वाइसेल तामाङ तथा विगू गाउँपालिकाका जितबहादुर तामाङ रहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया