Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधव्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राख्न सुझाव

व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राख्न सुझाव


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले व्यवस्थित सहरी विकासलाई पहिलो प्राथमिकतामा राखी त्यसका लागि आवश्यक नीति नियम बनाउनुपर्नेमा जोड दिएका छन् । महासंघको सहरी विकास समिति विस्तार कार्यक्रममा अध्यक्ष गोल्छाले त्यसमा समितिले परिणाममुखी ढंगले काम गर्नेमा पनि आफू विश्वस्त रहेको बताए ।

कार्यक्रममा महासंघका कोषाध्यक्ष सुकुन्तलाल हिराचनले सहरी विकासका लागि ठोस मास्टर प्लान नभएकाले त्यसतर्फ पनि काम गर्न समितिलाई सुझाव दिए । साथै उनले यस क्षेत्रमा व्यावसायिक स्वास्थ्य र सुरक्षालाई समेत प्राथमिकता दिनुपर्ने बताए । कार्यक्रममा महासंघका उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघईको समेत उपस्थिति रहेको थियो । महासंघको कार्यकारिणी समिति सदस्य मीनमान श्रेष्ठकोे सभापतित्वमा गठित सहरी विकास समितिको सहसभापतिमा नेपाल सरकारका पूर्वसचिव पूर्ण कडारिया र नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह चुनिएका छन् ।

समितिका सदस्यहरूमा नेपाल इञ्जिनियरिङ्ग एसोसिएसन (एनईए)का पूर्वअध्यक्ष ई. ध्रुव थापा, सोसाइटी अफ नेप्लिज आर्किटेक्ट्स (सोना)का पूर्वअध्यक्ष आर्किटेक्ट स्वरूप कोने, नेपाल जग्गा तथा आवास विकास संघका प्रथम उपाध्यक्ष विदुर धमला, कञ्चनजंघा हाउजिङ्ग लिमिटेडका सञ्चालक विनय उपाध्याय, वरिष्ठ स्ट्रक्चर ई. डा. पुरुषोत्तम डंगोल, नेपाल जग्गा तथा आवास विकास संघका वरिष्ठ कानुनी सल्लाहकार डा. गोकुलप्रसाद बुर्लाकोटी रहेका छन् ।

यस्तै समितिका सल्लाहकारहरूमा नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठ र नागार्जुन नगरपालिका मेयर मोहन बस्नेत रहेका छन् भने समितिका आमन्त्रित सदस्यहरूमा जेनेरल इन्सुरेन्स कम्पनी नेपाल लिमिटेडका सञ्चालक कृष्ण बोहोरा, गंगा प्रा.लि. (रियल इस्टेट) चितवनका अध्यक्ष सीए दिनेश चुके, आईएनजीए रियल इस्टेट प्रालि, बुटवलका सञ्चालक नारायण बञ्जाडे, जियोटेक इञ्जिनियर सञ्जय कुमार जैन, शिवम् हाउजिङ्ग प्रालि, बिर्तामोडका प्रबन्धसञ्चालक, सुदिप प्रसाई, उत्तरगंगा इन्भेष्टमेण्ट गु्रप प्रालि, सुर्खेतका अध्यक्ष सुदर्शन श्रेष्ठ र शालिमार होम प्रालि, वीरगञ्जका सञ्चालक, ई. हेमन्त वैद्य छन् ।

समितिका सभापति श्रेष्ठको अध्यक्षतामा भएको बैठकले वर्तमान कार्यकालमा कम्तीमा एउटा प्रदेशमा नमूना सहर बनाउने लक्ष्यका साथ काम गर्ने प्रतिबद्धता समेत जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया