Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमेरुदण्ड भाँचिएकी भुसाललाई आर्थिक सहयोग

मेरुदण्ड भाँचिएकी भुसाललाई आर्थिक सहयोग


गुल्मी ।
मेरुदण्ड भाँचिएर आर्थिक अवस्था कमजोर भएपछि लामो समयदेखि बिस्तारामा छट्पटाएकी गुल्मी मदाने गाउँपालिका वडा नं २ भाँझकटेरीकी खगिश्वरा भुसाललाई मदाने सेवा समाज जापानले आर्थिक सहयोग गरेको छ ।

भुसालको उपचारमा आर्थिक अभाव भएको थाहा पाएपछि रोजगारीका लागि मदानेबाट जापानमा रहेका बाबुराम भुसाल, रमेश भुसाल र टिकु विप्लवले सहयोग रकम संकलन गरेका थिए । मदाने सेवा समाज जापानबाट रमेश भुसालले ७८ हजार चार सय चार रूपैयाँ संकलन गरी मनोज कार्कीको खातामा पठाएका थिए । जापानबाट संकलन गरी पठाएको रकम कार्कीले सोमबार भुसालकै घरमै पुगेर श्रीमान् देवीराम भुसाललाई हस्तान्तरण गरेका छन् ।

सहयोग रकम लिँदै श्रीमान् भुसालले उपचारको लागि सहयोग गर्ने आशा अपाङ्ग केन्द्र गुल्मीकी कार्यालय प्रमुख गंगा रायमाझीलगायत सहयोग गर्ने दाताहरूलाई धन्यवाद दिएका थिए । श्रीमतीको स्वास्थ्यमा पहिलेको तुलनामा केही सुधार भएको र संकलन भएको रकमले उनलाई थप उपचार गर्ने श्रीमान् भुसालले बताए ।

भुसालको उपचारको लागि झण्डै दुई लाख रकम संकलन भएको परिवारले जानाकारी दिएका छन् । २०७७ साल भाद्र २१ गते रागोँले लखेटेपछि भीरबाट लडेर खगिश्वराको मेरुदण्ड भाँचिएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया