Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुमा ल्याब सेवा सञ्चालन

आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुमा ल्याब सेवा सञ्चालन


सोलुखुम्बु ।
आयुर्वेद स्वास्थ्य केन्द्र सोलुखुम्बुमा ल्याब सेवा सञ्चालन आएको छ । २०६२ सालमा सोलुखुम्बुको सदरमुकाम सल्लेरीमा स्थापना भएको आयुर्वेद स्वास्थ्य केन्द्रमा पहिलो पटक ल्याब सेवा सञ्चालनमा ल्याइएको हो । ल्याब टेक्निसियनको व्यवस्थापन गरी सेवा प्रवाह सुरु गरिएको आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ निरीक्षक विजयकुमार झाले जानकारी दिए । ल्याबको व्यवस्थापन भएपछि स्वास्थ्य केन्द्रमा आउने बिरामीहरूले रोगको लक्षण बताएकै आधारमा औषधि दिनुपर्ने बाध्यता अन्त्य भएको छ ।

संघीय सरकारको १० लाख ८१ हजारको लागतमा आश्यक उपकरण व्यवस्थापन गरी सेवा सुरु गरिएको झाले बताए । पहिले बिरामीले भनेको आधारमा औषधि दिने गरिएको थियो अब भने परीक्षण गरेर औषधि वितरण गरिने उनले सुनाए । ल्याबमा एलएफटी, आरएफटी, लिपिड प्रोफाइल, सेरोलोजी, युरिन, इस्टुललगायतका परीक्षण हुने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया