Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्युत् र टेलिफोन नहुँदा बैंकिङ सेवा बन्द

विद्युत् र टेलिफोन नहुँदा बैंकिङ सेवा बन्द


आशिषबहादुर सिंह
बझाङ, पुस २२
हिमपातका कारण बझाङमा एक हप्तादेखि विद्युत् सेवा नहुँदा बैंकिङ सेवा पनि बन्द भएको छ । गत बुधबार रातिदेखि लगातार परेको हिमपातका कारण विद्युत् सेवाका साथै टेलिफोन, इन्टरनेट र बैंकिङ सेवा पनि अवरुद्ध भएको छ । विद्युत् तथा सञ्चार सेवा नै अवरुद्ध भएपछि यहाँको जनजीवन कष्टकर बन्न पुगेको छ । विद्युत् प्राधिकरण बझाङ शाखाले विभिन्न स्थानमा बिजुलीको पोल ढलेको कारण विद्युत् प्रवाह हुन नसकेको जानकारी दिएको छ । टेलिफोन सेवा अवरुद्ध भएकाले हप्ता दिनदेखि सरकारी तथा गैरसरकारी कार्यालयमा कामकाज ठप्पजस्तै भएको छ ।

खप्तड छान्ना गाउँपालिकाका लेखापाल लक्ष्मी जोशीले जिल्लाभरि नेटवर्क सेवा बन्द भएकाले कार्यलयको सम्पूर्ण काममा बाधा पुगेको बताए । बैकिङ सेवामा समस्या आएसँगै बैंकमा पैसा निकाल्न र राख्न आएकाहरूसमेत समस्यामा परेका छन् । एक हप्तादेखि विद्युतीय सेवा अवरुद्ध हुँदा पनि सरोकारवाला निकायले कुनै चासो नदिएको स्थानीयको आरोप छ । यता, दुरसञ्चार कार्यालयले बाक्लो हिमपातका कारण सोलार ब्याट्री चार्ज गर्न नसकिएकाले सम्पूर्ण सेवामा समस्या आएको जवाफ दिने गरेको छ । समस्या समाधानका लागि आफूहरू लागिपरेको कार्यालयले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया