Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘मुलुकको आर्थिक उन्नतिको लागि अबको १० वर्ष महत्वपूर्ण’

‘मुलुकको आर्थिक उन्नतिको लागि अबको १० वर्ष महत्वपूर्ण’


काठमाडौं ।
नेपाल उद्योग परिसंघले मुलुकको आर्थिक गर्नको लागि अबको १० वर्ष निकै महत्वपूर्ण हुने बताएको छ । परिसंघ अध्यक्ष सतीश कुमार मोरले विगतका संकट झेलेर सबल भएको निजी क्षेत्रलाई राज्यले उपयुक्त वातावरण सृजना गरे १० वर्षमै मुलुकले नयाँ गति लिने बताए ।

सबै किसिमका विपत्तिमा पनि निजी क्षेत्र विचलित नभई अघि बढेको भन्दै अध्यक्ष उनले यसको फाइदा लिएर समृद्धि हासिल गर्न सरकारको ध्यानाकर्षण गराए । ‘द्वन्द्व, संक्रमणकाल, भूकम्प, नाकाबन्दी र कोरोनाजस्ता जटिल समय हामीले भोग्यौँ । यी संकटले हामीलाई थप क्षमतावान् भएर अघि बढ्न सिकाएको छ’, अध्यक्ष मोरले भने, ‘सरकारले उपयुक्त लगानी वातावरण सृजना गरेर अघि बढोस् मुलुक बन्छ ।’

देशको आर्थिक समृद्धिका लागि स्वदेशी पुँजीसँगै विदेशी लगानीको परिचालन अपरिहार्य भएको भन्दै अध्यक्ष मोरले प्रक्रियागत झन्झटहरुमा सरकारले सहजीकरण गर्नुपर्ने बताए । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले श्रमशक्ति देशको महत्वपूर्ण पुँजी भएको भन्दै स्वदेशमा सृजना हुने लगानीमैत्री वातावरणले युवाहरु ४५ डिग्रीको तापमा काम गर्न विदेशिने अवस्था रोकिने बताए । परिसंघका उपध्यक्ष राजेश अग्रवालले सरकारले निजी क्षेत्रलाई हेर्ने परम्परागत धारणा बदल्नुपर्ने बताए ।

नेपाली उद्योगी व्यवसायीहरु स्वदेशमा मात्रै नभई संसारभर प्रतिस्पर्धा गर्नसक्ने क्षमतामा पुगेको भन्दै अग्रवालले निजी क्षेत्रको क्षमतामा विश्वास गर्न सरकारलाई आग्रह गरे । ‘पछिल्लो १० वर्षमा हामीले आफूलाई निकै तिखारेका छौँ, हाम्रो क्षमता र फैलावटलाई अनुकूल हुने गरी सरकारले समयानुकूल ऐन र नियम परिमार्जन गरेर निजी क्षेत्रलाई सघाओस्’, उपाध्यक्ष अग्रवालले भने ।

नीतिगत सुधार र लगानीमैत्री वातावरणका लागि सरकारसँग निरन्तर पहल गर्ने पनि परिसंघले जनाएको छ । कार्यक्रममा नाफिजका अध्यक्ष मोदनाथ ढकालले नेपालमा लगानीको वातावरण कस्तो छ भनेर जाँच्ने कडीको रुपमा परिसंघमा आबद्ध रहेका उद्योगी व्यवसायीहरुले योगदान गरेको बताए । आयातमूलक व्यापार उन्मुख नेपाली अर्थतन्त्रमा उत्पादनमूलक उद्योग सफलतापूर्वक अघि बढाउनु चुनौतीपूर्ण भएको ढकालको भनाइ थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया