Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधट्राफिक सचेतना बोर्ड हस्तान्तरण

ट्राफिक सचेतना बोर्ड हस्तान्तरण


काठमाडौं ।
एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालिले आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक सचेतना बोर्ड हस्तान्तरण गरेको छ । विगत लामो समयदेखि शैक्षिक परामर्श तथा वैदेशिक उच्च शिक्षाका लागि लोकप्रिय र विश्वसनीय संस्थाको रुपमा परिचितले एक्सपर्ट एजुकेसनले सवारी दुर्घटना न्यूनीकरण गर्ने अभियानलाई तीव्र पारेको हो ।

चितवनमा यो अभियान सफल भएसँगै एक्सपर्ट एजुकेसनले छिमेकी जिल्ला मकवानपुरको हेटौँडामा पनि विभिन्न समयमा ट्राफिक सचेतना अभियान गरिरहेको छ । एक्सपर्ट एजुकेसन मकवानपुर शाखाले एक कार्यक्रमका बीच जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण गरेको हो । जिल्लामा बढ्दो दुर्घटना न्यूनीकरणलाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सचेतना बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको एक्सपर्ट एजुकेसन मकवानपुर शाखा प्रमुख ईश्वर लामिछानेले बताए ।

एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस प्रालिका निर्देशक डिल्लीराम अधिकारीले प्रहरी निरीक्षक प्रकाश पाण्डेलाई ट्राफिक सचेतनामूलक बोर्ड हस्तान्तरण गरेका हुन् । एक्सपर्ट एजुकेसनले प्रदान गरेको १२ थान चेतनामूलक बोर्ड हेटौंडा बजारका विभिन्न स्थानहरुमा राखिने प्रहरी निरीक्षक पाण्डेले बताए । एक्सपर्ट एजुकेसनको यो अभियानले बढ्दो दुर्घटनालाई न्यूनीकरण गर्नेमा विश्वस्त भएको उनले बताए । एक्सपर्टले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै अन्य विभिन्न कार्यक्रमहरु गर्ने एक्सपर्ट एजुकेशन प्रालिका निर्देशक अधिकारीले बताए ।

एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस अष्ट्रेलियामा उच्च शिक्षा अध्ययन जान चाहने विद्यार्थीहरुलाई परामर्श दिँदै आइरहेको भरपर्दो एवं लोकप्रिय संस्थाको रुपमा परिचित छ । अष्ट्रेलियामा मुख्य कार्यालय रहेको यस एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले विद्यार्थीहरुलाई सही परामर्श मात्र दिने नभई सामाजिक उत्तरदायित्व समेत वहन गर्दै आइरहेको एक्सपर्ट एजुकेसन प्रालिका अच्युत चालिसेले बताए । एक्सपर्टले चितवनलगायत अन्य जिल्लाहरुमा पनि सामाजिक उत्तरदायित्व वहन गर्दै ट्राफिक प्रहरीसँगको सहकार्यमा विभिन्न सामाजिक चेतनामूलक कार्यहरु गर्दै आइरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया