Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिध‘कफी लभ’को लोर्कापण

‘कफी लभ’को लोर्कापण


काठमाडौं ।
गीत लेखनबाटै गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायले आफ्नो ११औं उपन्यास ‘कफी लभ’ बजारमा ल्याएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशकलगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन् । कलेज पढ्दै गरेका युवा युवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोहअवरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ ।

देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँच जना नेपाली विद्यार्थीहरूबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरूको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ । शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योति पब्लिकेसनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन् । दुई सय ४० पृष्ठको यो पुस्तकको मूल्य तीन सय ७५ रूपैयाँ रहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया