Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुका ३ सय बढी विद्यार्थीलाई छात्रवृत्ति

सोलुखुम्बुका ३ सय बढी विद्यार्थीलाई छात्रवृत्ति


सोलुखुम्बु ।
सोलुखुम्बुका तीन सय बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । लामो समयदेखि जिल्लाको शिक्षा क्षेत्रमा काम गर्दै आएको ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) जिल्लाका तीन सय २३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको हो ।

सोलुुखुम्बुमा विगत आठ वर्षदेखि वितरण गर्दै आएको छात्रवृत्तिलाई यो वर्ष पनि निरन्तरता दिएको रिड नेपाल सोलुखुम्बुले जनाएको छ । आर्थिक स्थिति कमजोर भएका कारण विद्यालय जानबाट वञ्चित भएका बालबालिकाहरूलाई विद्यालयमा नियमित उपस्थिति गराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको रिड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए ।

चालू आर्थिक वर्ष २०७७/०७८ मा जिल्लाका आठ स्थानीय तहमध्ये सात स्थानीय तहका कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति कार्यक्रमअनुसार झोला, ज्याकेट, कपी, मास्क, सेनिटाइजर, टुथपेस्ट र ब्रस वितरण गरिएको संयोजक गिरीले बताए ।

छात्रवृत्ति पाउनेमा जिल्लाको सोलुदूधकुण्ड नगरपालिकाका ४३, नेचा सल्यान गाउँपालिकाका ४८, थुलुङ दूधकोशीका गाउँपालिकाका ९१, माप्यदूधकोशीका गाउँपालिकाका ४८, महाकुलुङका गाउँपालिकाका ३५, सोताङका गाउँपालिकाका ३९ र लिखुपिके गाउँपालिकाका १९ गरी जम्मा तीन सय २३ जना विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराइएको संयोजक गिरीले बताए ।

रिड नेपालले प्राविधिक शिक्षा हासिलका लागि सोलुदूधकुण्ड नगरपालिका वडा नम्बर ७ गार्मास्थित गार्मा माविमा प्राविधिक धार कृषि बालीविज्ञान अध्ययनका लागि पाँच जना छात्राहरूलाई गत वर्षदेखि पूर्ण छात्रवृत्तिको व्यवस्था समेत गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया