Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal


अनलाइनमार्फत ठगी गरेको अभियोगमा पाँच जना पक्राउ
काठमाडौं, पुस २३
अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा पाँच जनालाई उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सतुंगल बस्ने रौतहट मंगलपुर गाउँपालिका ३ घर भएकी २८ वर्षीया सर्मिला कुमारी श्रेष्ठ, काठमाडौं महानगरपालिका ५ हाँडीगाउँ बस्ने मोरङ विराटनगर घर भएका २९ वर्षीय अलङकार जैन, काठमाडौं महानगरपालिका १७ क्षेत्रपाटी बस्ने भारत घर भएका ४९ वर्षीय नविन अग्रवाल, काठमाडौं महानगरपालिका बौद्ध बस्ने भारत घर भएका ५२ वर्षीय आनन्द अग्रवाल र काठमाडौं महानगरपालिका १६ बालाजु बस्ने ४० वर्षीय सुशील गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ ।

उपत्यकाको विभिन्न स्थानमा व्यवसाय गरी बस्ने गरेका व्यक्तिहरुले अनलाइनमार्फत ठगी धन्दा सञ्चालन गरेको सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले सोमबार उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया