Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसुकेपोखरीको भौतिक पूर्वाधार विकासका लागि दुई करोड

सुकेपोखरीको भौतिक पूर्वाधार विकासका लागि दुई करोड


सोलुखुम्बु ।
सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ५ जुबुस्थित ऐतिहासिक तथा रमणीय स्थल सुकेपोखरीको मुहार फेरिने भएको छ । पर्यटकीय स्थलको रूपमा विकास गर्ने उद्देश्यले भौतिक संरचना निर्माण गरिने भएसँगै पोखरीको मुहार फेरिने भएको हो ।

पर्यटकीय क्षेत्र भएकाले यसको विकासमा आफूहरू लागिरहेको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए । उनका अनुसार पोखरी संरक्षण तथा व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट दुई करोड ८० लाख बजेट विनियोजन भएको छ । सो रकमले पोखरी व्यवस्थापन गरी पर्यटकीय गन्तव्य बनाउने उनको भनाइ छ ।

वडा नम्बर ४ र ५ जुबु तथा वडा नम्बर ९ लोखिमसँगै छिमेकी जिल्ला खोटाङको ऐसेलुखर्क गाउँपालिकाको जलेश्वरी, महेश्वरीको व्यापारिक क्षेत्रका रूपमा पर्ने सुकेपोखरीमा स्वदेशी तथा विदेशी पर्यटक प्रवद्र्धन गर्ने लक्ष राखिएको गाउँपालिका अध्यक्ष राईको भनाइ छ ।

सोलुखुम्बुका निवर्तमान सांसद हेमकुमार राई (सुरविर) थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राई, तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई, स्थानीय समाजसेवी वसन्त वनलगायतको प्रयासपछि बजेट विनियोजन गर्न सफल भएको गाउँपालिकाले जनाएको छ । पोखरी पुनर्निर्माण, सिँडी निर्माणलगायतको काम चालू आर्थिक वर्ष २०७७/७८ बाटै सुरु हुने बताइएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया