Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधज्येष्ठ नागरिकलाई ज्याकेट वितरण

ज्येष्ठ नागरिकलाई ज्याकेट वितरण


दोलखा ।
दोलखाको बिगु गाउँपालिका–६ आलाम्पुका दुई सय ४० जना ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरिएको छ । नेपाल तरुण दल दोलखा अध्यक्ष दावासाङे शेर्पा र तरुण दलका जिल्ला सदस्य कर्मा शेर्पाले विपन्न थामी बस्तीमा रहेका ज्येष्ठ नागरिकहरुलाई ज्याकेट वितरण गरेका हुन् । विघटित प्रतिनिधि सभा सदस्य जिपछिरिङ शेर्पाले एक सय चार वर्षीया ज्येष्ठ नागरिक सुकुमाय थामीलाई ज्याकेट हस्तान्तरण गरेका थिए ।

नेपाली कांग्रेस आलाम्पुले निर्माण गरेको भीमबहादुर तामाङ स्मृति भवनको उद्घाटनको अवसर पारेर बुधबार ज्याकेट वितरण गरिएको अध्यक्ष शेर्पाले जानकारी दिए । दोलखा जिल्लाको दुर्गम तथा हिमाली क्षेत्र आलाम्पुमा बसोबास गर्ने ज्येष्ठ नागरिकलाई चिसो छल्न सहयोग होस् भन्ने उद्देश्यले ज्याकेट वितरण गरिएको उनले बताए । उनीहरुले ७० वर्ष उमेर माथिका दुई सय ४० जना ज्येष्ठ नागरिकलाई सहयोग गरेका हुन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया