Techie IT
×
गृहपृष्ठबिबिधनिकुञ्जपीडितलाई सरकारले जग्गा उपलब्ध गराउने

निकुञ्जपीडितलाई सरकारले जग्गा उपलब्ध गराउने


कञ्चनपुर ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पीडितलाई सरकारले जग्गा उपलब्ध गराउने वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले बताएका छन् । कञ्चनपुरमा आइतबारदेखि सञ्चालन भएको शुक्फाँटा महोत्सवको उदघाटन गर्दै मन्त्री आलेले निकुञ्जपीडितहरूको व्यवस्थापन गरिने बताएका हुन् । उनले भने, ‘अब धेरै कुर्नु पर्दैन, १९ वर्षदेखि तपाईंहरू आरक्षपीडित बन्नुभयो, अब १९ वर्ष होइन १९ दिन पनि कुर्नु पर्दैन ।’ उनले आयोग निकुञ्जपीडितहरूले गुमाएको जग्गा फिर्ता गरिने बताए । कञ्चनपुर २०५८ सालदेखिका आरक्षपीडितहरूको अहिलेसम्म पनि उचित व्यवस्थापन हुन सकेको छैन ।

साथै मन्त्री आलेले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको विशेषता र महत्वलाई देशविदेशसम्म प्रचारप्रसार गर्नुपर्नेमा जोड दिए । ‘पर्यटकीय सम्भावनाको पुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज’ भन्ने मूल नारासहित शुक्लाफाँटा पर्यटन महोत्सवको चौथो संस्करण सुरु भएको हो । भीमदत्त नगरपालिकाको आयोजनामा आइतबारदेखि सञ्चालन भएको चौथो शुक्लाफाँटा पर्यटन महोत्सव एक हप्तासम्म सञ्चालन हुने बताइएको छ ।

बाह्रसिंगा झुण्डका लागि एसियामै निकै प्रसिद्ध मानिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, चितुवा, एकसिंङ्गे गैँडा, घोडगधा, जरायो, चित्तल, लगुनाजस्ता स्तनधारी जनावर पनि देख्न पाइन्छ । वन्यजन्तु तथा चराचुरुङ्गीहरूका लागि महत्वपूर्ण मानिने निकुञ्जमा साल, सिसौँ र खयरको जंगल तथा ठूलो घाँसे मैदान समेत रहेको छ । त्यस्तै, रानी तालसहित अन्य स–साना दर्जनौँ तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया