बैतेश्वरका आँखा रोगीको निःशुल्क अप्रेसन हुने

दोलखा ।
दोलखाको बैतेश्वर गाउँपालिकाद्वारा सञ्चालित बैतेश्वर अस्पतालले गाउँपालिकाभित्रका आर्थिक संकट र गरिबीका कारण आँखा रोगको उपचार तथा शल्यक्रिया गर्न नसक्ने बिरामीको निःशुल्क उपचार गर्ने भएको छ । स्थानीय वडाहरुको सिफारिसमा गाउँपालिकाभित्रका नागरिकको निःशुल्क अप्रेसन तथा चस्मा वितरण गर्ने अस्पतालले जनाएको छ ।
गाउँपालिकाले अस्पतालमा आइतबार आँखाशिविर सञ्चालन गरेको थियो । उक्त शिविरमा सहभागी भएका आँखामा मोतिविन्दु देखिएका २९ जना बिरामीमध्ये अतिअशक्त तथा गरिब बिरामीको छनौट गरेर निःशुल्क अप्रेसन गर्ने तयारी गरेको अस्पतालले जनाएको छ । अस्पतालले गाउँपालिकाभित्र बसोबास गर्ने ६० वर्ष उमेर माथिका आँखाका बिरामीलाई निःशुल्क उपचार गर्नलागेको हो ।
शिविरमा छनौट परेका बिरामीलाई आगामी फागुन १७, १८ र १९ गते दोलखामा शल्यक्रिया गर्ने जनाएको छ । आइतबार तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं, लायन्स आँखा केन्द्र दोलखाको सहयोगमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ५ को बैतेश्वर अस्पतालमा एक दिने आँखा शिविर सम्पन्न भएको थियो । गाउँपालिकाले आयोजना गरेको उक्त शिविरमा दुई सय ४० जना आँखाका रोगीले आँखा जचाएको बैतेश्वर अस्पतालका व्यवस्थापक देवराज खत्रीले जानकारी दिए । यसैगरी अब बैतेश्वर अस्पतालमै आँखाका रोगका बिरामीले दैनिक निःशुल्क उपचार गर्न पाउने भएका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपमा कस्टुमर केयर सेवा
- लक्ष्मी बैंकद्वारा सिन्धुलीको रामटारमा शाखा विस्तार
- मेगा बैंक र भोटेबहाल तयारी पोसाक संघबीच सम्झौता
- रुरु हाइड्रो र एनआईबीएल एस क्यापिटलबीच सम्झौता
- इन्टरनेट खोजीमा मनलागी गरेको भन्दै बेलायती पत्रिकाद्वारा गुगलविरुद्ध मुद्दा
- अक्सिजन आपूर्तिमा समस्या हुँदा भारतमा २२ बिरामीको मृत्यु
- अर्बौं मागदाबी गर्दै टिकटकविरुद्ध मुद्दा
- लाखौँ अमेरिकी बेरोजगार
धेरैले पढेको
- भलबारी डिपोको पेट्रोल भण्डारण क्षमता तीन गुणाले वृद्धि
- सूर्या लाइफद्वारा ‘सूर्या चौरासी पूजा’ बीमा योजना शुभारम्भ
- जर्मन कम्पनीद्वारा विद्युतीय उपकरण प्रदान
- फाइजर–बायोएनटेक खोपलाई विश्व स्वास्थ्य संगठनको अनुमति
- औद्योगिक विकासमा चारखम्बे रणनीतिक योजना
- कृषि विकास बैंकद्वारा सिद्धार्थनगर र मझगाँवा शाखामा एटीएम सेवा विस्तार
- इम्बोस्ड नम्बर प्लेट वितरण अंग्रेजी भाषामै
- जघन्य अपराधमा राज्य उदासीन
तपाईको प्रतिक्रिया