Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधविद्युतीय माध्यमबाट लेखाकङ्कन गर्ने प्रणाली सुरु

विद्युतीय माध्यमबाट लेखाकङ्कन गर्ने प्रणाली सुरु


काठमाडौं ।
महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषको सहकार्यमा विद्युतीय सरकारी लेखा प्रणालीमार्फत विद्युतीय कोष हस्तान्तरण गरी सरकार तथा सातै प्रदेश सरकारका निकायहरुमा कार्यरत कर्मचारीहरुको सञ्चयकोष, निवृत्तभरणकोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन गर्ने प्रणालीको सुरु गरिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमका बीच अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्तरुपमा उक्त प्रणालीको शुभारम्भ गरेका हुन् । यो प्रणालीको कार्यान्वयनबाट कारोबारको वास्तविक समयमा नै सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकोले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्टि हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरैवटा खाता रहनेलगायतका समस्याहरु समाधान हुने बताइएको छ ।

कार्यक्रममा कोषका अध्यक्ष पुडासैनीले यो प्रणालीको विकासले सरकारी लेखा प्रणालीको सुधारमा इँटा थप्ने काम गरेको बताए । उनले सञ्चयकोष रकम कारोबारको वास्तविक समयमा नै सञ्चयकर्ताको खातामा प्रविष्ट हुने भएकोले सञ्चयकर्ताले छिटो, छरितो र प्रभावकारी सेवा प्राप्त गर्ने बताए । यसैगरी सोही महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यस किसिमको प्रणालीको विकासले पारदर्शिता कायम गर्ने कार्यमा सघाउ पुग्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया