Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसातै प्रदेशमा आधुनिक कृषि प्रविधि

सातै प्रदेशमा आधुनिक कृषि प्रविधि


लमजुङ ।
इजरायल सरकारसँगको प्राविधिक साझेदारीमा सरकारले सातै प्रदेशमा आधुनिक कृषि प्रविधि भित्र्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले सातै प्रदेशमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी अत्याधुनिक इजरायली कृषि प्रविधि भित्र्याउन लागेको जानकारी दिइन् ।

इजरायली राजदूतसँगै लमजुङ पुगेकी मन्त्री अर्यालले कृषि मन्त्रालयले यसै आर्थिक वर्ष सर्लाहीको नवलपुरमा ‘सेन्टर अफ एक्लीलेन्स’ स्थापना गरी यो अभियान सुरु गर्न लागेको जानकारी दिएकी हुन् । इजरायली कृषि प्रविधिलाई नेपाल भित्र्याउन नेपाल र इजरायल सरकारले स्टेरिङ कमिटी बनाइसकेको उनले बताइन् । लमजुङको बेंसीसहर नगरपालिका वडा नम्बर २, बगालेगाउँ, गाउँसहरस्थित नेपाली सेनाको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रको निरीक्षण गर्दै मन्त्री अर्यालले सेनाले स्थापना गरेको तालिम केन्द्रलाई पनि सरकारले सक्दो सहयोग गर्ने बताइन् ।

सेनाको कल्याणकारी कोषले सुरु गरेको यस तालिम केन्द्रले सैनिक परिवारका २० जना युवायुवतीलाई छानेर पढाइरहेको छ । बीएस्सीएजीसम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य राखेको यो तालिम केन्द्र तीन सय ६७ रोपनी क्षेत्रफलमा फैलिएको छ । सेवा निवृत्त सैनिक, उनीहरुका परिवार र सर्वसाधारणलाई समेत आधुनिक कृषि तालिम दिने लक्ष्य लिएको यो तालिम केन्द्रमा पनि इजरायली प्रविधि भित्र्याइने भएको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया