Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधत्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम

त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम


काठमाडौं ।
त्रिवेणी समूहअन्तर्गतको त्रिवेणी व्यापारको आयोजनामा रिटेलर्स मिट कार्यक्रम सम्पन्न भएको छ । त्रिवेणी व्यापारअन्तर्गतका सरसामान बिक्रीवितरण गर्दैआएका रिटेलर्सहरुसँगको भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । बुधबार विराटनगरस्थित होटेल ह्यारीसनमा रिटेलर्स मिट सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेशभरि त्रिवेणी व्यापारका सामानहरु बिक्री वितरण तथा प्रबर्द्धन गर्ने एक सय ५० जनाभन्दा बढी रिटेलर्सहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा त्रिवेणीअन्तर्गतका ब्राण्डहरुको बजार अवस्था तथा बजारीकरणको सुदृढीकरणका विषयमा रिटेलर्सहरुसँग अन्तरक्रिया गरिएको थियो । साथै गत पुस र माघ महिनामा त्रिवेणी व्यापारले सञ्चालन गरेको रिटेलर्स स्किमको उपहार पनि वितरण गरिएको थियो । त्रिवेणी सेल्स् म्यानेमेन्ट एपअन्तर्गत सञ्चालन गरिएको स्किम हात पारेका ५५ जना रिटेलर्सहरुलाई स्किम अनुसारको उपहार प्रदान गरिएको हो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया