Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधमहासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता

महासंघ र बैंकर्स संघबीच ऋण सहजीकरणमा सहकार्य गर्ने सम्झौता


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स संघले लघु, घरेलु, साना तथा मझौला उद्यमहरूमा ऋण सहजीकरण गर्ने गरी सम्झौता गरेका छन् । लघु, घरेलु, साना तथा मझौला उद्यमहरू (एसमएमई)को प्रवर्द्धन एवं संरक्षणका लागि वित्तीय कर्जालगायतको सेवा प्रवाहमा सहजीकरण गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बैंकर्स संघका अध्यक्ष भुवन कुमार दाहालले बिहीबार एक कार्यक्रमबीच महासंघको सचिवालयमा हस्ताक्षर गरेका छन् ।

दुवै संस्थाबीच भएको समझदारीअनुसार वाणिज्य बैंकहरू र एसमएमईहरूबीच कर्जालगायत वित्तीय सेवा प्रवाहमा रहेका कठिनाइ समेतका तथ्यलाई दृष्टिगत गर्दै संयुक्त पहलबाट नै उद्यमी, व्यवसायी एवं बैंकहरूका बीच हुने सेवा प्रवाहमा विश्वसनीय र जोखिमरहित व्यावसायिक वातावरण सृजना गर्न र उद्यमी, व्यवसायी एवं बैंकहरूका हित प्रवर्द्धन गर्न आवश्यक कार्य गर्ने, एसमएमईको क्षेत्रमा हुने सेवालाई प्रभावकारी बनाउन एवं सेवा सहजीकरण गर्न केन्द्रीय तथा प्रादेशिक तहमा संयुक्त कार्यदल गठन गर्ने र उक्त कार्यदलले वित्तीय सेवा प्रवाहको सहजीकरणको निमित्त आवश्यक नीतिगत सुझावहरू तर्जुमा गरी सम्बन्धित निकायमा समन्वय गरी कार्यान्वयनका लागि अनुरोध गर्ने र आवश्यकताअनुसार संयुक्त रूपमा प्रदेशस्तरीय वित्तीय साक्षरता कार्यक्रमहरू सञ्चालन गर्ने कार्यक्रम छ ।

बैकर्स संघका अध्यक्ष दाहालले एसएमईको सहयोगका लागि सहकार्य गर्न दुवै संस्थाबीच भएको समझारीमाथि आफूलाई गर्व महशुस भएको बताए । दुवै संस्था समृद्धिका असल साझेदार भएको उनको भनाइ थियो । अध्यक्ष दाहालले यस सहकार्यलाई केन्द्रदेखि प्रदेशसम्मै लैजाने समेत जानकारी दिए । सात सय ४९ वटै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भएको भन्दै उनले महासंघसँगको सहकार्यपछि तल्लो तहसम्म गएर वास्तविक सहयोग खोजिरहेका एसएमईहरुलाई सघाउन थप सहयोग पुग्ने बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया