Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधझापामा गरिखाने अभियानको ‘रोड शो’

झापामा गरिखाने अभियानको ‘रोड शो’


काठमाडौं ।
नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले झापाको धुलाबारीमा गरिखाने अभियानको ‘रोड शो’ सञ्चालन गरेको छ । यस अभियानसँग जोडिनेहरूलाई उद्यमशील बनाउन विभिन्न व्यावसायिक संस्थाहरूले काम गरिरहेका छन् ।

कोभिड–१९ महामारी उत्पन्न संकटको परिवेशमा आम मानिसहरूको आयआर्जनका क्रियाकलापमा पर्ने असरलाई ध्यान दिँदै कांग्रेसले उद्योगपति एवं प्रतिनिधि सभा सदस्य विनोद चौधरीको संयोजकत्वमा ‘लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समिति’ गठन गरेको थियो ।

समितिले अघि बढाएको गरिखाने अभियानअन्तर्गत नवउद्यमी, उद्यमलाई विस्तार गर्न चाहाने, नवीन सोच भएका, हातमा सीप भएकाहरूलाई उद्यमी बन्न आवश्यक सहयोग गर्दै आएको छ । यसअघि वीरगञ्ज, हेटौंडा, चितवन, पोखरा, धनकुटालगायतका क्षेत्रमा यस अभियानको रोड शो सम्पन्न भइसकेको कांग्रेसले जनाएको छ । झापामा आयोजित रोड शो कार्यक्रममा समितिका संयोजक एवं प्रतिनिधिसभा सदस्य चौधरीले अनुशासन, कडा परिश्रम, दृढ इच्छाशक्ति र चाहेको कुरा पु-याउँछु भन्ने संकल्पले व्यावसायिक सफलता प्राप्त हुने बताए ।

रोजगारी, उद्यमशीलता र पूर्वाधार विकासले राष्ट्र सबल र समृद्ध हुने उनको भनाइ थियो । कार्यक्रममा वाग्मती प्रदेशका प्रतिपक्षी दलका नेता इन्द्र बानियाँले गरिखाने अभियान गाउँमुखी, कर्ममुखी र जनमुखी अभियान भएको भन्दै यसमार्फत् नेपाली कांग्रेसले आर्थिक सशक्तीकरण र आर्थिक समृद्धिको एजेण्डा लिएर अघि बढेको बताए । गरिखाने अभियान अन्तर्गत आगामी असार मसान्तसम्ममा एकहजार परियोजनालाई सहयोग पु¥याउने लक्ष्य रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया