Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधआनद्वारा संस्थाका पूर्वसंयोजक दाहालको स्मृतिमा श्रद्धाञ्जलि सभा आयोजना

आनद्वारा संस्थाका पूर्वसंयोजक दाहालको स्मृतिमा श्रद्धाञ्जलि सभा आयोजना


काठमाडौं ।
नेपाल विज्ञापन संघ (आन)ले संस्थाका संस्थापक सचिव तथा पूर्वसंयोजक स्वर्गीय मित्रसेन दाहालको स्मृतिमा श्रद्धाञ्जलि सभाको आयोजना गरेको छ । गत बिहीबार संघको प्रांगणमा भएको श्रद्धाञ्जलि सभामा आनका सस्थापक अध्यक्ष वंशीधर पौडेल र पूर्वअध्यक्षहरु माधवराज तिमिल्सिना, भाष्करराज राजकर्णिकार, निर्मलराज पौडेल, राजकुमार भट्टराई, सन्तोष श्रेष्ठ, रवीन्द्र कुमार रिजाल तथा संघका पदाधिकारीहरु र सदस्यहरु, सल्लाहकारहरु तथा सदस्य एजेन्सीहरुको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी अधिकांश वक्ताहरुले स्वर्गीय दाहालको समग्र विज्ञापन व्यवसायमा रहेको योगदान तथा समाजसेवा र राजनीतिमा समेत अग्रणी रहेको बताएका थिए । सभाले शोक प्रस्ताव पारित गर्दै स्वर्गीय दाहालको योगदानलाई संघले आफ्नो इतिहासको रुपमा लिपिबद्ध गर्नुपर्ने निर्णय समेत गरेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया