Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधपीसीपीएस कलेजको तेस्रो दीक्षान्त समारोह

पीसीपीएस कलेजको तेस्रो दीक्षान्त समारोह


काठमाडौं ।
पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज)ले आफ्नो तेस्रो दीक्षान्त समारोह सोमबार राजधानीस्थित होटेल काठमाडौँ म्यरिओटमा आयोजना गरेको छ । यो कलेज बेलायतस्थित प्रसिद्ध बेडफर्डशायर विश्व विद्यालयसँग आबद्ध छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित उक्त समारोहमा कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बीबीए विषयसँग सम्बन्धित कुल ६४ जना विद्यार्थीहरुले स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र प्राप्त गरेका थिए ।

कार्यक्रममा मन्त्री श्रेष्ठले राष्ट्रको समग्र विकासमा सूचना प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने बताए । साथै शिक्षा ऐनको संशोधन गरी आधुनिक शिक्षा प्रणालीको विकास गर्नका लागि एउटा छुट्टै विशेष कार्यदल बनाएर काम थालिने जानकारी दिए । यसैगरी एलबीईएफ ग्रुप अफ इन्स्टिच्युसनका अध्यक्ष पंकज जालानले २०१७ इस्वी सनमा स्थापित पीसीपीसीले आफूलाई मुलुककै अग्रपंक्तिको शैक्षिक संस्थाको रुपमा उभ्याउन सफल भएको बताए ।

पीसीपीएस अहिले कम्प्युटर विज्ञान एवं सफ्टवेयर इन्जिनियरिङ र बिजनेस एडमिनिस्ट्रेसन विषयहरुलाई स्नातक तहको शिक्षा प्रदान गरिरहेको छ । यसैगरी यस कलेजले फुसेमसिंस नामक कम्पनीसँग साझेदारी गरी आर्टिफिसियल इन्टेलिजेन्स विषयमा माइक्रो डिग्री कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया